निर्धन उत्थान र स्वाभिमान लघुवित्तले घोषणा गरे गत आर्थिक बर्षको लाभांश

0
Shares

निर्धन उत्थान लघुवित्तले गत आर्थिक वर्ष २०७५।०७६ को मुनाफाबाट शेयरधनीलाई ४०.५३ लाभांश प्रस्ताव गरेको छ । त्यस्तै स्वाभिमान लघुवित्तले २४ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ ।

निर्धन उत्थान लघुवित्तले २५ प्रतिशत बोनस तथा कर सहित १५.५२३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात प्रस्तावित लाभांश वितरण हुनेछ ।

जस अनुसार लघुवित्तले ३० करोड रुपैयाँ बराबरको बोनर र बोनसमा लाग्ने कर सहित १८ करोड ६३ लाख १५ हजार ७८९ रुपैयाँको नगद लाभांश गरि कूल ४८ करोड ६३ लाख १५ हजार ७८९ रुपैयाँ वितरण गर्नेछ ।

हाल एक अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको प्रस्तावित बोनस वितरण पश्चत एक अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ। अघिल्लो आर्थिक वर्ष २०७४।०७५ मा लघुवित्तले २० प्रतिशत बोनस शेयर र २२.११ प्रतिशत नगद गरि कूल ४२.११ प्रतिशत लाभांश वितरण गरेको थियो।

स्वाभिमान लघुवित्तको लाभांश

स्वाभिमान लघुवित्तले पनि गत आर्थिक बर्षको मुनाफबाट वितरण गरिने लाभांश घोषणा गरेका छ ।

लघुवित्तको सञ्चालक समितिले चुक्ता पूँजीको २४ प्रतिशतले हुन आउने १ करोड ४८ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १.२७ प्रतिशतले हुन आउने ७ लाख ८१ हजार रुपैयाँ बराबरको नगद लाभांश गरी कुल २५.२७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

हाल लघुवित्तको चुक्ता पूँजी ६ करोड १८ लाख रुपैयाँ छ। प्रस्तावित २४ प्रतिशत बोनस वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी ७ करोड ६७ लाख ७ हजार ६४० रुपैयाँ पुग्नेछ।