श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणमा प्रथामिक सेयर (आईपीओ) जारी गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।
कम्पनीले पुस २७ गते आह्वान गरेको तेस्रो साधारण सभामा उक्त प्रस्ताव राखिएको छ । त्यस्तै सभाले कम्पनीको जारी पूँजी वृद्धि गर्ने, कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।
साथै श्रृजनशील लघुवित्त र अन्य कुनै लघुवित्तसँग गाभ्ने, गाभिने तथा प्राप्ति हुने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।
लघुवित्त कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले पुस २७ गते केन्द्रीय कार्यालय गोलबजार, सिराहामा बिहान ११ बजे साधारण सभा गर्ने निर्णय गरेको छ ।
मिर्मिरे लघुवित्त संस्था लिमिटेडले श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ती (एक्विजिशन) गर्ने सम्झौता गरेपनि बीचमा नै सम्झौता तोडिएको थियो । हाल श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडका चुक्ता पूँजी ७ करोड छ । कम्पनीले ३ करोड रुपैयाँ बराबरको प्राथमिक सेयर जारी गर्नेछ । कम्पनीका २० वटा शाखा सञ्जाल रहेका छन् ।
कम्पनीले चालु आवको पहिलो त्रैमासमा १ करोड ६१ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया