सेयर बजार सूचक मापक नेप्से २३५८.८१ बिन्दुमा झरेको छ । सरकारको सेयर बजारप्रतिको नीतिले लगानीकर्ताको मनोबल कमजोर बन्दा नेप्से सूचक ३१९८ बिन्दुबाट ८४० अंकसम्म झरेको हो । यो उच्च बिन्दुबाट २६.२६ प्रतिशत कम हो ।
साताको पहिलो दिन सोमबार खुलेको सेयर बजारमा गिरावट कायमै रहँदा कारोबार रकम पनि साढे २ अर्बभन्दा तल झरेको छ । सोमबार नेप्से १७.९३ अंक र ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ इन्डेक्स २.३४ अंकले घटेको छ ।
कारोबारमा आएका १६६ कम्पनीको शेयरमूल्य घट्दा ५५ कम्पनीको मात्र मूल्य बढेको छ । १० कम्पनीको मूल्य स्थीर छ । सोमबार २३१ कम्पनीक ५४ लाख ३९ हजार ८७ कित्ता सेयर ३७ हजार ३६७ वटा संख्यामा खरीद बिक्री हुँदा कारोबार रकम २ अर्ब ४६ करोड ४६ लाख ८९ हजार ८६२ रुपैयाँमा समेटिएको छ ।
यसदिन गोर्खाज फाइनान्सको सबैभन्दा धेरै १९ करोड २७ लाख रुपैयाँ बराबरको २ लाख २७ हजार १४३ कित्ता सेयर कारोबार भएको छ । यस्तै हिमालयन डिष्टिलरी १८.६६ करोड, कृषि विकास बैंकको ९.४५ करोड र नबिल बैंकको ८.३६ करोड र मञ्जुश्री फाइनान्सको ७.०५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर, एचआईडिसीएल, अपि पावर, नेपाल टेलिकम, र महालक्ष्मी विकास बैंक शीर्ष रकमको कारोबार हुने दश कम्पनीमा समेटिएका छन् । दशौं ठूलो कारोबार भएको महालक्ष्मी विकास बैंकको ५.२२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सोमबार हिमालयन डिष्टिलरी र गोर्खाज फाइनान्सको सेयरमूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । हिमालयन डिष्टिलरीको सेयरमूल्य ५६७ बढेर ६ हजार २३७ रुपैयाँ पुगेको छ भने गोर्खाज फाइनान्सको ८२.३० रुपैयाँ बढेर १ हजार १५.३० रुपैयाँ पुगेको छ । यस्तै कृषि विकास बैंकको ४.९९ प्रतिशत, महुली सामुदायिक लघुवित्तको ४.५३ प्रतिशत, शिवश्री हाइड्रोपावरको ४.२८ प्रतिशत र जनउत्थान सामुदायिक लघुवित्तको ४.०४ प्रतिशतले बढेको छ । उन्नत्ति सहकार्य लघुवित्त, एलआईसी, जीवन विकास लघुवित्त, र गुराँस लघुवित्त सेयरमूल्य बढ्ने शीर्ष दश कम्पनीभित्र समेटिएका छन् ।
उता माउन्टेन इनर्जी नेपालको सेयरमूल्य सर्वाधिक ६.१७ प्रतिशतले घटेर १ हजार १५.१० रुपैयाँमा झरेको छ । यसैगरी नारायणी डेभलपमेन्ट बैंकको ५.८६ प्रतिशत, मैलुङ्ग खोला जलविद्युत कम्पनीको ५.८३ प्रतिशतले बढेको छ ।
यस्तै तेह्रथुम पावरको ५.३१ प्रतिशत, समृद्धि फाइनान्सको ५.२० प्रतिशत, लिवर्टी इनर्जी ५.१३ प्रतिशत र छ्याङ्दी हाइड्रोपावरको ५.१० प्रतिशतले सेयरमूल्य घटेको छ । दिब्यश्वरी हाइड्रोपावर, एनआईसी एशिया सेलेक्ट फण्ड र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर लगानीकर्ताले पनि गुमाउने दश कम्पनीभित्र परेका छन् ।
कारोबारमा आएका १३ उपसमूहका सूचकमध्ये उत्पादनमुलक र लघुवित्त बाहेक बाँकी ११ उपसमूहको सूचक ऋणात्मक बनेको छ । यस दिन विकास बैंक उपसमूहको सूचक सबैभन्दा धेरै २.२३ प्रतिशत, अन्य २.०९ र जलविद्युत १.९९ प्रतिशतले घटेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया