माथिल्लो अरुण र तामाकोशी पाँचौंको ४९ प्रतिशत शेयर सर्वसाधारणलाई

0
Shares

सरकारले माथिल्लो अरुण आयोजना र तामाकोसी पाँचौ जलविद्युत आयोजनाको ४९ प्रतिशत शेयर सर्वसाधारणलाई दिने घोषणा गरेको छ ।

नेपाल बिद्युत प्राधिकरणको विगत तीन वर्षको उपलब्धी र भावी कार्ययोजना सार्वजनिक गर्दै कार्यकारी निर्देशक कुलमान घिसिंङले यस्तो जानकारी दिएका हुन। जनताको जलविद्युत कार्यक्रम अन्तर्गत निमार्ण हुने यी आयोजनाहरुमा स्वेदशी वित्तीय संस्था तथा अन्तराष्ट्रिय वहुपक्षीय विकास साझेदारको लगानी रहने प्राधिकरणले जनाएको छ ।

जनताको जलविद्युत कार्यक्रमअन्तर्गत १०६० मेगावाटको माथिल्लो अरुण र ९९.६ मेगावाटको तामाकोसी पाँचौ जलविद्युत आयोजनामा ४९ प्रतिशत साधारण सेयर सर्वसाधारणको सुनिश्चित गरिने बताए ।

स्वेदशी वित्तीय संस्था र अन्तराष्ट्रिय वहुपक्षीय विकास साझेदारको सुहलियतपूर्ण ऋण रहने मोडलमा वित्तीय व्यवस्थापन गरी यी आयोजनाहरुको निर्माण अगाडि बढाइने पनि उनले जानकारी दिए ।

प्राधिकरणले ६३५ मेगावाटको दुधकोशी, ८२५ मेगावाटको उत्तर गङ्गा जलबिद्युत आयोजना, २१० मेगावाटको चैनपुर सेती र चिलिमे अन्तर्गतको ४२५ मेगावाटको जलबिद्युत आयोजना पनि अघि बढाउने निर्देशक घिसिङले बताए।

साथै उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजना (८२५ मेगावाट), चैनपुर सेती (२१० मेगावाट) लगाएत चिलिमे अन्तर्गत करिव ४२५ मेगावाटका जलविद्युत आयोजनाहरु अगाडि बढाईने जनाएको छ ।

चालु आर्थिक बर्षमा करिब १००० मेगावाट विद्युत प्राणालीमा थपिने गरी काम अगाडि बढाइने प्राधिकरणले जनाएको छ ।