पछिल्लो तीन दिन सेयर बजार परिसूचक नेप्से १६१ अंक बढीले उकालो लागेको छ ।सरकारले वित्तीय प्रणालीमा तरलता बढाउने उपायहरु सार्वजनिक गरेयता सेयर बजार निरन्तर उकालो लाग्न थालेको हो ।
बिहीबार नेप्से सूचक १२.५३ अंकले बढेर २५२०.२३ विन्दुमा उक्लिएको छ । बुधबार नेप्से ९२.१५ अंक तथा मंगलबार ५६.७३ अंकले उकालो लागेको थियो । पछिल्लो तीन दिनमा नेप्से सूचक १६१ अंक माथि उक्लिएको छ ।
बिहीबारका बजारमा २२९ कम्पनीका ८३ लाख २३ हजार ९२३ कित्ता ४ अर्ब ४९ करोड बढीको सेयर किनबेच भएको छ । बुधबार ४ अर्ब ५२ करोड बराबरको सेयर खरीद बिक्री भएको थियो ।
बिहीबार विकास बैंक जलविद्युत र फाइनान्स बाहेकका सबै समूहका सूचक बढेका छन । शिखर इन्स्योरेन्स, वरुण हाइड्रो तथा जिवन विकास लघुवित्तको शेयरमूल्य ९ प्रतिशत धेरैले बढ्दा गोर्खाज फाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै ६.७४ प्रतिशतले घटेको छ । हिमालयन डिष्टलरीको सबैभन्दा धेरै ३६ करोड २४ लाख बराबरको शेयर किनबेच भयो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया