जीवन बीमकको व्यवसायः पाँच कम्पनीले २ अर्ब बढी बीमाशुल्क संकलन गर्दा तीनकाे १ अर्बभन्दा कम

0
Shares

नेपालमा सञ्चालित १९ जीवन बीमा कम्पनीहरुमध्ये चालु आवको मंसिर मसान्तसम्ममा पाँच जीवन बीमा कम्पनीहरुले २ अर्बभन्दा धेरै बीमाशुल्क संकलन गरेका छन् । यस अवधिमा नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), राष्ट्रिय बीमा संस्थान, नेशनल लाइफ, युनियन, एशियन, मेट लाइफ, सिटिजन लाइफ र सूर्या लाइफले २ अर्बभन्दा बढी बीमाशुलक संकलन गरेका हुन् ।

चालु आवको पाँच महिनामा जीवन बीमा कम्पनीहरुले अघिल्लो आवको पाँच महिनाको तुलनामा १६.७८ प्रतिशतले आफ्नो व्यवसाय विस्तार गरेका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार मंसिर महिनासम्ममा जीवन बीमा कम्पनीहरुले कुल ५७ अर्ब ७९ करोड ५६ लाख १८ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । गत आवको यसै अवधिमा जीवन बीमा कम्पनीहरुले ४९ अर्ब ४९ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार नेपाल लाइफले साउनदेखि मंसिरसम्ममा सबैभन्दा धेरै १५ अर्ब ४४ करोड ९९ लाख ६ हजार रुपैयाँ कुल बीमाशुल्क सुंकलन गरेको छ । जुन जीवन बीमा कम्पनीहरुले संकलन गरेको बीमाशुल्कको २६.७३ प्रतिशत हिस्सा हो ।

दोस्रो ठूलो बीमाशुल्क उठाएको लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले ६ अर्ब ५८ करोड ८० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ भने सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानले तेस्रो ठूलो (५ अर्ब ६५ करोड १० लाख रुपैयाँ) बीमाशुल्क संकलन गरेको छ ।

यसैगरी यस अवधिमा नेशनल लाइफले ५ अर्ब ६४ करोड ६८ लाख, युनियन लाइफले ३ अर्ब २२ करोड ७२ लाख, एशियन लाइफले २ अर्ब ७२ करोड ६२ लाख, मेट लाइफले २ अर्ब १९ करोड २१ लाख, सिटिजन्स लाइफले २ अर्ब ७ करोड १ लाख र सूर्या लाइफ इन्स्योरेन्सले २ अर्ब १ करोड ७९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

मंसिरसम्ममा थप ७ जीवन बीमा कम्पनीले १ अर्बभन्दा बढी २ अर्बभन्दा कम बीमाशुल्क संकलन गरेका छन् । यस अवधिमा प्राइम लाइफ इन्स्योरेन्सले १ अर्ब ९२ करोड ५९ लाख, सन् नेपाल लाइफले १ अर्ब ६२ करोड ४८ लाख, ज्योति लाइफले १ अर्ब ३५ करोड ८८ लाख, गुराँस लाइफले १ अर्ब २९ करोड ८३ लाख, रिलायबल नेपाल लाइफले १ अर्ब २९ करोड ३२ लाख, आईएमई लाइफले १ अर्ब २४ करोड १२ लाख र रिलायन्स लाइफ इन्स्योरेन्सले १ अर्ब १५ करोड ७० लाख रुपैयाँ कुल बीमाशुलक संकलन गरेका छन् ।

यस्तै यस अवधिमा तीन जीवन बीमा कम्पनीहरु सानिमा लाइफ, प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्सयोरेन्सले १ अर्बभन्दा कम बीमाशुल्क संकलन गरेका छन् । साउनदेखि मंसिरसम्ममा सानिमा लाइफले ९३ करोड ५१ लख, प्रभु लाइफले ८५ करोड ४ लाख र महालक्ष्मी लाइफ इन्स्योरेन्सले ५४ करोड १ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

S.N Life Insurance Company Premium Collecation in Crore
    Total Premium Collection Till Mangsir 2078 End
1 Nepal Life Insurance  1544.9906
2 Life Insurance corporation 658.8013
3 Rastriya Beema Sansthan 565.1052
4 National Life Insurance  564.7825
5 Union Life Insurance  322.7219
6 Asian Life Insurance  272.6270
7 American Life Insurance (Met life) 219.2100
8 Citizen Life Insurance 207.0089
9 Surya Life Insurance  201.7928
10 Prime Life Insurance  192.5900
11 Sun Nepal Life Insurance  162.4795
12 Jyoti Life Insurance  135.8860
13 Gurans Life Insurance  129.8353
14 Reliable Nepal Life Insurance  129.3257
15 I.M.E. Life Insurance  124.1275
16 Reliance Life Insurance 115.7037
17 Sanima Life Insurance  93.5111
18 Prabhu Life Insurance  85.0476
19 Mahalaxmi Life Insurance  54.0152
  Total 5779.5618

मंसिरमा कुन कम्पनीले कति बीमाशुल्क संकलन गरे ?

मंसिरमा जीवन बीमा कम्पनीहरुले ११ अर्ब १६ करोड ६८ लाख ९६ हजार रुपैयाँ प्रथम बीमाशुलक संकलन गरेका छन् । पाँच महिनामा ५७ अर्ब ७९ करोड बीमा संकलन गरेकोमा पछिल्लो महिना अर्थात मंसिरमा संकलित हिस्सा १९.३२ प्रतिशत रहेको छ । जुन अन्य चार महिनाको औषतभन्दा केही कम हो ।

मंसिरमा संकलित बीमाशुल्कमध्ये नेपाल लाइफले सबैभन्दा धेरै २ अर्ब ८९ करोड ६४ लाख रुपैयाँ संकलन गरेको छ । यो मंसिरमा संकलित बीमाशुल्कको २५.९४ प्रतिशत हिस्सा नेपाल लाइफको छ ।

यस्तै मंसिर महिनामा दोस्रो ठूलो बीमाशुल्क लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले १ अर्ब ३३ करोड ६५ लाख र तेस्रो ठूलो बीमाशुल्क नेशनल लाइफले १ अर्ब १० करोड ७५ लाख रुपैयाँ संकलन गरेको छ ।

सरकारी पूर्ण स्वामित्वको राष्ट्रिय बीमा संस्थानले मंसिरमा ८६ करोड ४५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यस्तै युनियन लाइफले ६७ कोड ८१ लाख र एशियन लाइफले ५३ करोड ४९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

S.N Life Insurance Company Premium Collecation in Crore
    Total Premium Collection Mangsir 2078
1 Nepal Life Insurance  289.6397
2 Life Insurance corporation 133.6529
3 National Life Insurance  110.7499
4 Rastriya Beema Sansthan 86.4494
5 Union Life Insurance  67.8154
6 Asian Life Insurance  53.4940
7 Surya Life Insurance  49.1548
8 American Life Insurance (Met life) 43.0100
9 Citizen Life Insurance 41.1956
10 Sun Nepal Life Insurance  39.7034
11 Prime Life Insurance  34.5000
12 Reliable Nepal Life Insurance  32.2248
13 Jyoti Life Insurance  31.3265
14 I.M.E. Life Insurance  23.4406
15 Gurans Life Insurance  20.2829
16 Sanima Life Insurance  19.1136
17 Reliance Life Insurance 17.4696
18 Prabhu Life Insurance  13.7940
19 Mahalaxmi Life Insurance  9.6725
  Total 1116.6896

बाँकी ९ कम्पनीले मंसिरमा ५० करोडभन्दा कम २० करोडभन्दा बढी बीमाशुल्क संकलन गर्दा चार कम्पनीको बीमाशुल्क भने २० करोड भन्दा कम छ । यस अवधिमा सुर्या लाइफले ४९ करोड १५ लाख, मेट लाइफ ४३ करोड १ लाख, सिटिजन्स लाइफ ४१ करोड १९ लाख, सन नेपाल ३९ करोड ७० लाख, प्राइम लाइफ ३४ करोड ५० लाख, रिलायबल नेपाल ३२ करोड २२ लाख, ज्योति लाइफ ३१ करोड ३२ लाख, आईएमई लाइफले २३ करोड ४४ लाख र गुराँस लाइफ इन्सयोरेन्सले २० करोड २८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

मंसिरमा चार कम्पनीहरु सानिमा लाइफ, रिलायन्स लाइफ, प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले २० करोडभन्दा कम बीमाशुल्क संकलन गरेको छन् । जसमा सानिमा लाइफले १९ करोड ११ लाख, रिलायन्स लाइफले १७ करोड ४७ लाख, प्रभु लाइफको १३ करोड ७९ लाख र महालक्ष्मी लाइफले ९ करोड ६७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

थप समाचार सामाग्रीहरू:-

जीवन बीमा कम्पनीद्धारा पाँच महिनामा १५.३४ अर्बको नयाँ व्यवसाय विस्तार

निर्जीवन बीमकको पाँच महिनाकाे व्यवसायः शिखर शीर्ष स्थानमा रहँदा सानिमा जनरल पुछारमा

बीमा कम्पनीहरूको बीमाशुल्क १९ प्रतिशतले बढ्योः ७३ अर्ब २२ करोड आर्जन

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।