
सुनचाँदीको मूल्य नेपाली बजारमा आइतबार स्थीर बनेको छ ।
नेपाल सुनचाँदी व्यवसायि महासघका अनुसार आइतबार सुनचाँदीको मूल्य स्थीर बनेको हो ।
महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको भाउ तोलाको ९३ हजार १०० रुपैयाँ, तेजावी सुनको भाउ ९२ हजार ६०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार २६० रुपैयाँ कायम गरिएको छ ।
आइतबार स्थीर रहेको सुनको मूल्य गएको शुक्रबार प्रतितोला २०० रुपैयाँले घटेर सोही मूल्यमा कारोबार भएको थियो ।
महासङ्घले अन्तरर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतार चढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको काारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ८०८ डलर आसपासमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतिऔँस २२.९८ डलर आसपासमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया