कर्जा सूचना केन्द्रले दश प्रतिशत लाभांश वितरण गर्ने

0
Shares

कर्जा सूचना केन्द्रले दश प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीले पुस २८ गते बुधबार आह्वान गरेको १७ औं वार्षिक साधारण सभामा प्रति सेयर दश प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गर्ने भएको हो ।

होटल याक एण्ड यति दरबारमार्ग काठमाण्डौंमा आह्वान गरिएको सभामा सञ्चालक समितिको बैठक भत्ता वृद्धि गर्ने तथा विशेष प्रस्तावका संशोधनहरू बमोजिम प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र सो संशोधन गर्दा कम्पनी रजिष्ट्रारको कार्यालयबाट कुनै विषयमा थप वा संशोधन वा भाषिक फेरबदल वा कुनै निर्देशन वा सुझाव भई सो मुताबिक संशोधन गर्न आवश्यक भएमा सञ्चालक समितिलाई अख्तियारी दिने रहेको छ ।

यस्तै सभाले वार्षिक प्रतिवेदन स्वीकृति, लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारणका अलवा वाणिज्य बैंक समूह, विकास बैंक समूह र वित्त कम्पनी समूहका शेयरधनीहरुको तर्फबाट एक।एक जना गरी सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन सञ्चालकहरुको निर्वाचन गर्नेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १२ पुस २०७८, सोमबार  १५ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।