मल्टीपर्पस फाइनान्सलाई नेप्सेको स्पष्टिकरण, शेयर सूचीकरण स्थगन

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मल्टीपर्पस फाइनान्सलाई तीन दिने स्पष्टिकरण सोधेको छ । साथै कम्पनीको शेयर सूचीकरण समेत स्थगन गराएको छ ।

धितोपत्र दाखिला खारेज बन्द (बुकक्लोज) सम्बन्धी सूचना समयमा नै उपलब्ध नगराएको भन्दै नेप्सेले अर्को निर्णय नभएसम्मको लागि फाइनान्सको शेयर सूचीकरण स्थगन गरेको हो।

फाइनान्सले बुकक्लोज सम्बन्धी सूचना ७ दिन अगाडि नेप्सेलाई जानकारी गराउनुपर्नेमा एक दिनअघि मात्र दिएपछि नेप्सेको कारबाहीमा परेको हो । यस बारेमा नेप्सेले तीन दिनभित्र जवाफ पठाउन निर्देशन समेत दिएको छ ।

फाइनान्सले साधारण सभा प्रयोजनका लागि भदौ ३० गते देखि असोज ४ गतेसम्म बुकक्लोजको मिति निर्धारण गरेको छ । जसको जानकारी भदौ २९ गते नेप्सेमा गराएको थियो ।

फाइनान्सले असोज ४ गते शनिबार २० औ र २१ औ साधारण सभा राखेको छ ।