मेलम्चीको पानी काठमाण्डौं ल्याएर किसुनजीको सपना पूरा गर्छुः मन्त्री चौधरी

0
Shares

नेपाल सरकारका खानेपानी मन्त्री तथा नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री उमाकान्त चौधरीले काठमाण्डौं उपत्यकाबासीलाई मेलम्चीको पानी खुवाउने कांग्रेसका पूर्वसभापति एवं शन्त नेता कृष्णप्रसाद भट्टराईको सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित भएपछि पार्टीका नेता तथा महाधिवेशन प्रतिनिधिहरुका लागि बुधबार राजधानीमा आयोजित धन्यबाद ज्ञापन कार्यक्रमलाई संवोधन गर्दै मन्त्री चौधरीले भने, ‘अघिल्लो सरकारले मेलम्चीको पानी काठमाडौंमा ल्याउन इमान्दारिताका साथ काम गर्नु भन्दा गलत प्रचार गरेको थियो । तर मेरो कार्यकालमा मेलम्चीको पानी काठमाडौंमा ल्याउँछु ।’

विगतका सरकारले मेलम्चीको पानी काठमाडौंमा ल्याउँदा उद्घाटन गरे तर सन्त नेता भट्टराईको नाम समेत नलिएर कृतघ्न व्यवहार देखाएको मन्त्री चौधरीले बताए । मन्त्रीले भने, ‘मैले मेलम्चीको पानी खुवाउँछु भनेपछि त्यो प्रतिबद्धता पूरा गर्नेछु ।’

पार्टीको महामन्त्री पदका प्रत्यासी तथा निवर्तमान केन्द्रीय सदस्य प्रदिप पौडेलले नेपाली कांग्रेसको आन्तरिक लोकतन्त्र मजबुद छ र आन्तरिक रुपमा सुदृढ छौं भन्ने कुरा १४अ ौं महाधिवेसनले देखाएको भन्दै निर्वाचनमा हार्नेले जित्नेलाई सहयोग गर्नु र जित्नेले पनि हार्नेलाई सँगसँगै लिएर जान सक्नु आजको आवस्यकता रहेको बताएका थिए ।

उनले भने, ‘पार्टीको नेतृत्व चयन कांग्रेसको यसरी नै हुनुपर्छ तर प्रतिष्पर्धा व्यक्तिको आधारमा होइन, उसको विचार र कार्यक्रमको आधारमा हुनुपर्छ ।’ नेता पौडेलले आफहरुको विचार समूहको लक्ष्य पुरा नभएको भन्दै विगतमाभन्दा आफूहरु झन शसक्त र मजबुद भएको दाबी गर्दै आफूले कसैलाई पनि बीचबाटोमा छोडेर नजाने बरु झन् सक्रिय भएर राजनीतिक भविश्य बलियो बनाउने प्रयासमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नवनिर्वाचित केन्द्रीय सदस्य तारामान गुरुङ, मञ्जु यादव लगायतले महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद दिए । उनले महाधिवेशन प्रतिनिधिहरुको भावना बमोजिम पार्टीलाई एकताबद्ध, मजबुद र सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ पुस २०७८, बिहिबार  १३ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।