सिभिल बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँड

0
Shares

सिभिल बैंक (CBL) ले मंसिर २४ गतेदेखि पुस ७ गतेसम्म जारी गरेको ३ अर्ब रुपैयाँ बराबरको ‘सिभिल बैंक डिबेञ्चर २०८८’ को पुस १४ गते बुधबार बाँडफाँड गरेको छ ।

बैंकले प्रति डिबेञ्चर एक हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो । कुल ऋणपत्रमध्ये १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता डिबेञ्चर व्यक्तिगत तवरबाट र बाँकी रहेको १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता (सामुहिक लगानी कोषका लागि छुट्टाइएको ५ प्रतिशत बराबरको ६० हजार कित्ता सहित) डिबेञ्चरका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।

बैंकले दीर्घकालीन स्रोत संकलनका लागि वार्षिक १०.२५ प्रतिशत ब्याजदर त्रैमासिक रुपमै व्याज भुक्तानी दिनेगरी दश वर्ष अवधिको ऋणपत्र बिक्रीमा ल्याएको हो । ऋणपत्रमा न्यूनतम २५ कित्ता र अधिकतममा सम्पूर्ण कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्ने व्यवस्था थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १५ पुस २०७८, बिहिबार  १४ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।