नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले जाडो बढेसंगै विद्युतको खपत बढेपछि ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या आएको बताएका छन् ।

घिसिङले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गत वर्षको तुलनामा यस वर्ष ८० देखि १०० मेगावट विद्युतको खपत बढेकाले विभिन्न ठाउँका ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको बताएका हुन् । “काठमाण्डौमा गत वर्षभन्दा ८० देखि १०० मेगावाट विद्युतीय लोड बढेको छ ।” उनले भने ।
त्यसैगरी केही दिन यता झ्याप झ्याप्प बत्ती जाने समस्या देशभरी नभई काठमाण्डौका केही ठाउँमा मात्र भएको पनि उनले प्रष्ट पारेका छन् । “विगत तीन–चार दिनदेखि विद्युत् आपूर्तिमा केही समस्याहरू देखियो भन्ने गुनासोहरू आयो । यो समस्या देशभित्र सबैतिर भएको समस्या होइन, काठमाडौंमा मात्रै हो ।”
घिसिङले केही लोड बढी भएपछि ट्रान्सफर्मरहरू रिप्लेस गर्न केही समय लागेको, घर घरमा जाने केही केवलहरु र केही फिडरहरूमा आगलागी भएको कारणले यी समस्या आइरहेको जानकारी दिएका हुन् ।
त्यसैगरी घिसिङले आजबाट उपत्यकामा ट्रान्सफर्मरहरू परिवर्तन गरिसक्ने भएकोले विद्युत् जाने समस्या नहुने बताएका छन् । घिसिङका अनुसार अहिले उपत्यकामा बेलुकाको समयमा पिक लोड १७ सय मेगावट र बिहानको समयमा १५ देखि १६ सय मेगावट विद्युतको माग रहेको बताएका छन् । यसका साथै घिसिङले जाडो बढेसंगै पानी पर्नु भन्दा एक दिन अघि ठाउँ ठाउँमा अप्रत्यासित रुपमा लोड बढेको पनि बताएका छन् ।
उनका अनुसार अहिले उपत्यकामा करिब ३७ देखि ३८ सय ट्रान्फर्महरु छन् र त्यही ट्रान्सफर्महरुबाट आम उपभोक्तामा विद्युत सप्लाई हुने गरेको छ ।
जाडो बढेसंगै विद्युतिय सामाग्री अफिस तथा कोठामा शरिर न्यानो बनाउनका लागि हिटर, पानी तताउन विद्युतीय जग तथा रड लगायतका सामाग्रीको उच्च प्रयोग हुने भएकाले विद्युतिय खपत बढी हुने गर्दछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया