एक्सेल डेभलपमेन्ट बैंक (EDBL) को हकप्रदमा अवितरित भई लिलामी खुला गरिएको सर्वसाधारण समूहतर्फको सेयर पुस १५ गते बिहीबार बाँडफाँड भएको छ ।
बैंकले मंसिर २९ गतेदेखि पुस ८ गतेसम्म सर्वसाधारण समूहतर्फ २७ हजार २३७ दशमलव २००४ कित्ता अवितरित हकप्रद सेयरहरु शिलबन्दी बोलपत्रद्वारा खरीद गर्न आह्वान गरी लिलामी बढाबढमा बिक्री खुला गरेको थियो ।
पुस १३ गते निष्काशन कम्पनी तथा बिक्री प्रबन्धकका प्रतिनिधहरुको रोहवरमा शिलबन्दी बोलपत्र खुला गरिएकोमा १५ गतेका दिन प्रचलित कानून बमोजिम बाँडफाँड गरिएको सूचना प्रकाशित गरी जानकारी दिइएको छ ।
लिलामी सेयरको सर्वसाधारण समूहतर्फको बाँडफाँडको अन्तिम मूल्य ४५६.७८ रुपैयाँ निर्धारण भएको छ । बाँडफाँडको विवरण बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको वेवसाइटबाट हेर्न सकिने बै.कले जनाएको छ ।
साथै लिलाम बढाबढमा बाँडफाँडमा नपरेको शेयर वापतको फिता भुक्तानी रकम पुस १९ गते सोमबारदेखि आवेदकले आफ्नो आबेदन फाराममा उल्लेख गरेको बैंक।वित्तीय संस्थाको खातामा आईपीएस मार्फत रकमान्तर गरिने जनाएको छ । आवेदकलाई आफ्नो खातामा रकम जम्मा भए नभएको यकिन गरि रकम जम्मा नभएको खण्डमा बिक्री प्रबन्धकको कार्यालयमा सम्पर्क राख्न समेत सूचित गरिएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया