समृद्धि फाइनान्स कम्पनी लिमिटेडले फाइनान्सका आधारभुत सेयरधनीहरुलाई माघ १२ गतेसम्म हकप्रद सेयर वापतको रकम जम्मा गर्न आग्रह गरेको छ ।
फाइनान्सका आधारभूत शेयरधनी (५४ लाख ५९ हजार ४० कित्ता सेयर संख्याको) अर्थात कायम चुक्ता पूँजीकाे १ प्रतिशतले हुन आउने कित्ता सेयर वा सो भन्दा बढी सेयर लिएका सेयरधनीहरु र सञ्चालकहरुले आफ्नो हक अनुसारको रकम माघ ५ गतेदेखि १२ गतेसम्म जम्मा गर्न भनिएको हो ।
आधारभूत शेयरधनीहरुले पुतलीसडक खाता रहेको ‘एसएफसिएल राइट सेयर २०२१’ खाता नामक बैंक खाता न. ९१६०५०१४८ मा रकम जम्मा गरी अर्थात् बिक्री प्रबन्धक बिओके क्यापिटल समक्ष सम्पर्क राखी आवेदन दिन सक्नेछन् ।
हकप्रद निष्काशनका लागि फाइनान्सले पुस ११ गते नै बुकक्लोज गरिसकेको छ । यसअनुसार पुस १० गतेसम्म आधारभूत शेयरधनी र सञ्चालकहरुले २ः१ अनुपातमा प्रतिशेयर १०० रुपैयाँका दरले हकप्रदको रकम जम्मा गर्नुपर्ने हुन्छ ।
फाइनान्सको १९ औं वार्षिक साधारण सभाबाट २ः१ ९अर्थात् २ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयर निष्काशन गर्ने प्रस्ताव पारित भई प्रकृया अगाडि बढाइएको थियो ।
उक्त हकप्रद सेयर निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले मंसिर २९ गते स्वीकृति दिएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया