सौर्य एयरलाइन्समा कार्यरत महिला ५० लाख सहित विमानस्थलबाट पक्राउ

0
Shares

सौर्य एयरलाइन्स काठमाडौंमा एसिसटेन्टका रुपमा कार्यरत एक महिलालाई नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

स्रोत नखुलेको स्रोत नखुलेको ५० लाख रुपैयाँ सहित उनलाई शनिबार दिउँसो पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

सौर्य एयरलाइन्समा कार्यरत ३३ वर्षीया रेशा शाक्य पोखरेलको साथबाट श्रोत नखुलेको तथा भन्सार उद्घोष समेत नगरेको १ हजार दरको ४ हजार ९५० थान र ५ सय दरको १ सय थान गरी जम्मा ५० लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

विराटनगरबाट काठमाण्डौं उडेको सौर्य एयरलाईन्सको जहाजमा सुरक्षा जाँच नगरी झोला राखेको भन्ने सूचनाको आधारमा विमानस्थल सुरक्षा कार्यालय गौचरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त रकम फेला परेको प्रहरीले जनाएको छ ।

उक्त नगद सहित पोखरेललाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ पुस २०७८, आइतबार  १६ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।