सानिमा माई र कालिका लघुवित्तको बोनस सूचीकृत

0
Shares

सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेड र कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्स) मा सूचीकृत भएको छ ।

स्टकका अनुसार सानिमा माई हाइड्रोपावरको चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने २८ लाख ८ हजार ४१० कित्ता सेयर र कालिका लघुवित्तको १० प्रतिशत बोनस बापतको २ लाख ४५ हजार ५०८ दशमलव ९५ कित्ता सेयर सूचीकृत भएको हो ।

सानिमा माई हाइड्रोपावरको गत कात्तिक ११ गते सम्पन्न दशौं वार्षिक साधारण सभाले १० प्रतिशत बोनस अनुमोदन गरेको थियो ।

यस्तै कालिका लघुवित्तको गत वैशाख ७ गते मंगलबार सम्पन्न भएको दशौं र एघारौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६।७७ को मुनाफाबाट उक्त बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ पुस २०७८, आइतबार  १७ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।