साल्ट ट्रेडिङको बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा

0
Shares

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड (STC) ले आर्थिक वर्ष २०७६/७७ बाट वितरण गरेको २० प्रतिशत बोनस सेयर बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ ।

कर्पोरेसनले गत कात्तिक १ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको डिम्याट खातामा बोनस सेयर जम्मा गरेको हो । सो मितिपछि सेयर अभौतिकीकरण गर्ने सेयरधनीहरुको बोनस भने क्रमशः जम्मा हुने व्यवस्था गरिएको उल्लेख छ ।

यस्तै हालसम्म पनि सेयर अभौतिकीकरण नगरेका सेयरधनीहरुले आफ्नो सेयर अभौतिकीकरण गराई आफ्नो बोनस सेयर हितग्राही खातामा प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ ।

साल्ट ट्रेडिङ्गको गत कात्तिक १६ गते सम्पन्न ५४ औं वार्षिक साधारण सभाबाट २० प्रतिशत बोनस सेयर र करसहित ५ पतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको थियो ।

यसैगरी कात्तिक १ गतेसम्म सेयर धितो बन्धक राखी कर्जा लिएका सेयरधनीहरुको हकमा बोनस सेयर समेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको नाममा नै रोक्का जनाई सेयरधनीको हितग्राही खातामा जम्मा हुने सूचनामा उल्लेख छ । कर्जा राफसाफ भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न पनि कम्पनी सेयरधनीहरुलाई आग्रह गरेको छ ।

कम्पनीको बोनस नेपाल स्टक एक्सचेन्ज र सीडीएस एन्ड क्लियरिङमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था भइसकेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १९ पुस २०७८, सोमबार  १० : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।