विद्युतीय कार निर्माता कम्पनी टेस्ला कारहरुको बिक्री दर आर्थिक वर्ष सन् २०२१ को चौथो त्रैमासमा आइपुग्दा चुलिएको छ ।
विश्वव्यापी रुपमा भइरहेको चिप उत्पादन तथा आपूर्तिको अभावका बावजुद टेस्ला कारहरुको बिक्री उच्च बढेको हो ।
सन् २०२१ को चौथो त्रैमासमा आइपुग्दा टेस्लाले ३ लाख ८ हजार कारहरु बिक्री गरेको छ ।
विज्ञहरुको अनुमानका अनुसार टेस्लाले चौथो त्रैमासमा २ लाख ६३ हजार कार बिक्री गर्ने अनुमान गरेका थिए । तर विज्ञहरुको अनुमानलाई मात खुवाउँदै टेस्लाले अनुमानित सङ्ख्या भन्दा ४५ हजार धेरै कार बिक्री मात्रै गरेन लगातार ६ वटा त्रैमासमा उच्च बिक्रेताको कृतिमान राख्न समेत सफल भएको छ । कारहरुको बिक्री बढ्दा कम्पनीको मुनाफा पनि मनग्य हुन पुगेको छ ।
यसै विषयलाई आधार बनाई टेस्ला कम्पनीका कार्यकारी प्रमुख एलन मस्कले आफ्नो ट्वीटरमा, “ग्रेट वर्क बाइ टेस्ला टीम वल्र्डवाइड !” भनी ट्वीट समेत गरेका छन् ।
तेस्रो त्रैमासमा कम्पनीले २ लाख ४१ हजार ३०० थान सवारी साधनको डेलिभरी गरेको थियो । वर्षभर भने कम्पनीले ९ लाख ३६ हजार १७२ थान सवारी डेलिभरी दिएको छ । यसमा महँगो खालका मोडल एक्स र एक्स भेइकलका साथै न्यून मूल्यका मोडल थ्री र वाई कारहरु समाविष्ट छन् । यो बिक्री सन् २०२० को तुलनामा ८७ प्रतिशत धेरै हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया