हुन्डाईको कारहरुको बिक्रीमा विश्वव्यापी रुपमा नै कमी आएको छ ।
दक्षिण कोरियाको अटोमोबाइल कम्पनीले गत वर्ष सन् २०२१ मा ४० लाख सवारी साधन बिक्री गर्ने टार्गेट राखेकोमा आफ्नो टार्गेट भन्दा धेरै कम अर्थात ३८ लाख सवारी साधनहरु मात्र यस कम्पनीले बिक्री गरेको हो ।
कोरोना भाइरसबाट क्षतिग्रस्त हुन पुगेको हुन्डाईलाई चिपको आपूर्ति अभावले झन् समस्यामा पारेको थियो । सन् २०२२मा भने चिपहरुको आपूर्ति अभाव नहुने आशा गरिएको छ ।
त्यसैगरी सन् २०२२ मा ४३ लाख गाडी बिक्री गर्ने लक्ष्य हुन्डाईले राखेको छ । हुन्डाई मोटरर्सले सन् २०२२ मा चिप आपूर्ति र मागलाई स्थिर गरी आफ्नो बजार हिस्सा विस्तार गर्ने र नाफालाई सुदृढ गर्ने योजना बनाएको छ ।
सवारी साधनको उत्पादनको समय तालिका समायोजन गर्ने, विद्युतीय सवारी साधनको लाइनअपलाई सुदृढ गर्ने र क्षेत्रअनुसार बिक्री नाफा र नोक्सानलाई अप्टिमाइज गरी आफ्नो टार्गेट पूरा गर्ने योजनामा कम्पनी रहेको बताइएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया