सूर्या लाईफको बोनस पारित, चुक्ता पूँजी साढे २ अर्ब नाघ्यो

0
Shares

सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड (SLICL) को चुक्ता पूँजी साढे २ अर्ब नाघेको छ ।

विराटनगर स्थित होटल हैरिसन प्यालेसमा सोमबार सम्पन्न भएको तेर्हौ वार्षिक साधारण सभाले सञ्चालक समितिबाट प्रस्तावित चुक्ता पूँजीको १२.७० प्रतिशत बोनस सेयर वितरण गनेृ प्रस्ताव पारित भएसँगै कम्पनीको चुक्ता पूँजी २ अर्ब ५५ करोड २ लाख रुपैयाँ पुगेको हो ।

सभाले बोनस र कर प्रयोजनका लागि ०.६६८४ प्रतिशत नगद लाभांश सहित कुल १३.३६८ प्रतिशत लाभांश पारित गरेको हो ।

साधारण सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट वीरेन्द्र बाबु श्रेष्ठ र कृति टिवडेवाल तथा संस्थापक शेयरधनीहरुको तर्फबाट केशव प्रसाद भट्टराई, विवेक झा, विशाल अग्रवाल, हेमन्त नहाटालाई सञ्चालक समिति सदस्य पदमा चयन गरेको छ ।

कम्पनीले मंसिर मसान्तसम्ममा बीमालेखको बिक्रीबाट २ अर्ब १ करोड ८५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस्तै मंसिर मसान्तसम्ममा १ लाख २२ हजार ९७० वटा बीमालेख बिक्री गरेको कम्पनीले २९ करोड १८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।कम्पनीले देशभरका १३५ वटा शाखाबाट सेवा दिँदै आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १९ पुस २०७८, सोमबार  १८ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।