रत्न तथा आभूषण महासंघको अध्यक्षमा सुरेशमान श्रेष्ठ र्निविरोध

0
Shares

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको अध्यक्षमा म्यारीगोल्ड ज्वेलर्सका सञ्चालक सुरेशमान श्रेष्ठ र्निविरोध निर्वाचित भएका छन् ।

पुस २४ गते हुन गइरहेको वार्षिक साधारण सभाको निर्वाचनका लागि मंगलबार २ बजेसम्म उम्मेदवारीको समय रहेको थियो ।

उक्त समयभित्र श्रेष्ठको मात्र उम्मेदवारी परेपछि उनी र्निविरोध अध्यक्ष चयन भएका हुन् ।

नेपालको सुनचाँदी तथा गरगहनाका क्षेत्रमा अग्रणी भूमीका निर्वाह गर्दै आएका श्रेष्ठ रत्न तथा आभूषण संघका संस्थापक अध्यक्ष समेत हुन् ।

महासंघका पूर्व अध्यक्ष रमेश महर्जनको केही महिना अगाडि निधन भएपछि अध्यक्ष पद रिक्त रहेको थियो । २०७७ चैतमा सम्पन्न सातौं वार्षिक साधारण सभाबाट अध्यक्ष चयन भएका महर्जनको कोभिड संक्रमणका कारण कार्तिक १ गते सोमबार मेडिसिटी अस्पतालमा निधन भएको थियाे ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ देशभरका सुनचाँदी तथा रत्न, पत्थर व्यवसायीहरुको छाता संस्था हो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० पुस २०७८, मंगलबार  १६ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।