सनराइज बैंक (SRBL) ले आफ्नो ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ ।
नौलो र समय सापेक्ष सेवा सुविधा प्रदान गर्दै आएको सनराइज बैंकले सम्पूर्ण बचत खातामा ग्राहकहरुले उच्चतम ब्याजदर पाउनका साथै विभिन्न सेवाहरुको फाइदा लिन सक्नेछन् ।
उक्त खातामा बैंकले पाँच वर्षका लागि निशुल्क मोबाइल बैंकिङ्ग र भिसा डेबिट कार्ड दिनेछ । साथै एक वर्षका लागि डिम्याट खाता र मेरो शेयरको शुल्क नलाग्ने र अन्तर्राष्ट्रिय भिसा यात्रा कार्ड जारी गर्ने शुल्कमा ५० प्रतिशत छुट समेत प्राप्त गर्न सक्नेछन् ।
यस बचत खातामा ग्राहकहरुले ८० हजार सम्मको अस्पताल भर्ना खर्च र २० हजार रुपैयाँसम्मको ओपीडि खर्च बीमाका साथै ५ लाख सम्मको दुर्घटनाको बीमा सुविधा पाउनेछन् ।
बैंकका अनुसार अस्पताल भर्ना बीमा वर्षमा ३ पटकसम्म दाबी गर्न सकिने छ । यस स्वास्थ्य बीमा योजना भारतका विभिन्न अस्पतालहरुमा उपचार गराउँदा समेत दाबी गर्न सकिने छ ।
बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १५७ वटा ए.टि.एम र ८३ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया