तिनाउ मिसनको एक करोड १४ लाख कित्ता शेयर सूचीकृत

0
Shares

तिनाउ मिसन डेभलपमेन्ट बैंकको एक करोड १४ लाख ४१ हजार ६८१ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ ।

तिनाउ र मिसन डेभलपमेन्ट बैंकबीचको मर्जर भएपछि बनेको तिनाउ र मिसन डेभलपमेन्ट बैंकको शेयर भदौ ३० गते सोमबार नेप्सेमा सूचीकृत भएको छ। यी दुई बैंकले असार ३१ गतेदेखि एकीकृत करोबार सुरु गरेका हुन् ।

तिनाउ र मिसन मर्जरपछि चुक्ता पुँजी १ अर्ब १४ करोड रुपैयाँ पुगेको छ ।

तिनाउ मिसन डेभलपमेन्ट बैंकले कम्युनिटी डेभलपमेन्ट बैंकसँग समेत मर्जर सम्बन्धि सम्झौता गरीसकेको छ ।

त्यस्तै नेप्सेमा एभरेष्ट इन्स्योरेन्सको ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद शेयर पनि सूचीकृत भएको भएको छ । इन्स्योरेन्सको शेयर भदौ २९ गते नेप्सेका सूचीकृत भएको हो ।

इन्स्योरेन्सले जेठ १४ गते देखि चुक्ता पूँजीको तीन सय प्रतिशत अर्थात एक बराबर तीन अनुपातमा हकप्रद शेयर बिक्रीमा ल्याएको थियो।