बुधबार मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर खरीद माग उच्च देखिएको छ । पुस ११ गतेदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार खुलेको कम्पनीको सेयरमूल्य सर्किट लाग्दा उच्च माग भएको हो । दोस्रो बजारमा प्रतिकित्ता १०० रुपैयाँको न्यूनतम रेञ्जमा कारोबार खुलेपछि कम्पनीको सेयरमा निरन्तर उच्च खरीद माग देखिँदै आइरहरको छ ।
बुधबार एक घण्टा अवधिमा नै कम्पनीको सेयर खरीदका लागि ७९३ वटा आदेश मार्फत ५ लाख ९ हजार बढी कित्ता सेयरको माग देखिन्छ । यसबीचका ७ करोबार दिनमा कम्पनीको १ हजार २९९ कित्ता सेयर मात्र कारोबारमा आएको छ । बुधबार एक घण्टामा कमम्पनीको ८० कित्ता सेयर खरीद बिक्री भएको छ ।
यस्तै मध्य भोटेकोशीपछि प्रभु सेलेक्ट फण्डको २ लाख ३४ हजार, अपि पावर २ लाख १६ हजार, गोर्खाज फाइनान्स २ लाख, र माछापुच्छ्रे बैंकको १ लाख ६८ हजार खरीद माग रहेको छ । 
बिक्री चापतर्फ सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीमको सबैभन्दा धेरै २ लाख २६ हजार इकाई बिक्री आदेश छ । ग्लोबल आईएमई समुन्नत स्कीम -१ को ७४ हजार , एनआईसी एशिया ग्रोथ फण्डको ६८ हजार, नेपाल बंगलादेश बैंकको ६६ हजार र लक्ष्मी इक्वीटी फण्डको ६५ हजार इकाई बिक्री आदेश छ ।
एक घण्टा अवधिमा एचआईडिसील, निफ्रा, अपि पावर, नेशनल हाइड्रोपावर, र नबिल बैंकको धेरै संख्यामा कारोबार भएको छ ।
यस अवधिमा २१५ कम्पनीका २८ लाख कित्ता सेयर १ अर्ब २५ करोड रुपैयाँमा खरीद बिक्री भएको छ । मध्य भोटेकोशीको सेयरमूल्य ९.९९ प्रतिशतले बढ्दा तेह्रथुम पावर, हिमाल दोलखा, समृद्धि फाइनान्स र छ्याङ्दी हाइड्रोपवारको मूल्य ५ प्रतिशत बढीे बढेको छ ।
उता गणपतिमाइक्रोफाइनान्सको मूल्य ३.८५ प्रतिशतले घट्दा सानिमा जनरल इन्सयोरेन्स, आरएसडिसी लघुवित्त, सबैको लघुवित्त र मेरो माइक्रोफाइनान्स मूल्य २ प्रतिशत बढीले घटेको छ ।
यस अवधिमा प्राइम कमर्सियल बैंकको संस्थापक सर्वाधिक ७ करोड १७ लाखको कारोबार भएको छ । अपि पावर ६६.६३ करोड, शिवम् सिमेन्ट ६.३८ करोड, अपर तामाकोशी ६.८५ करोड र नेशनल हाइड्रोपावरको ४.८७ करोडको सेयर कारोबार भएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया