गरिमा विकास बैंक (GBBL) ले गत आर्थिक वर्ष आर्थिक वर्ष २०७७/७८ बाट लाभांश घोषणा गरेको छ । बिहिबार बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाइ १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

जस अनुसार बैंकले ६३ करोड १७ लाख ९ हजार २९६ रुपैयाँ बराबरको बोनश शेयर बितरण गर्नेछ ।
प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ ।
गरिमा विकास बैंक लिमिटेडमा सहारा विकास बैंक लिमिटेड प्राप्ति भई एकीकृत कारोबार सम्पन्न गर्दाको दिन भन्दा पछाडि शेयर किन्नेले भने बोनसमा लाग्ने कर आफैँले तिर्नुपर्ने बैंकले जनाएको छ ।
बैंकले साविक सहारा विकास बैंक प्राप्ति पश्चात कायम चुक्ता पूँजी ३ अर्व ९४ करोड ८१ लाख ८३ हजार १०५ रुपैयाँको १६ प्रतिशत बोनस शेयर प्राप्ति भएपश्चात गरिमा विकास बैंक लिमिटेडमा हाल कायम सेयरधनीहरुलाई वितरणको लागि प्रस्ताव गर्ने निर्णय गरेको जनाएको छ ।
गरिमा विकास बैंक लिमिटेडमा सहारा विकास बैंक लिमिटेड प्राप्ति भई एकिकृत कारोबार सम्पन्न गर्दाको दिन भन्दा पछाडि दोस्रो बजारबाट शेयर कारोबार भई कायम शेयरधनीहरुले प्रचलित आयकर ऐन बमोजिम लाभांश (बोनस शेयर) बापत तिनुपर्ने कर सम्बन्धित शेयरधनीहरुबाट नगदै जम्मा गराई भुक्तानी गर्ने समेत निर्णय गरेको बैंकले बताएको छ ।
सहारा विकास बैंक प्राप्तीपछि हाल बैंकको चुक्ता पूँजी ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार १०५ रुपैयाँ चुक्ता पूँजी रहेको छ । बैंकको गत आवबाट प्रस्तावित १६ प्रतिशतले हुन आउने ६३ करोड १७ लाख ९ हजार २९७ रुपैयाँ बराबरको बोनस सेयर वितरणपछि ४ अर्ब ५७ करोड ९८ लाख ९२ हजार ४०२ रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।
यस्ताे छ लाभांश इतिहास:-
| S.N. | Fiscal Year | Bonus Dividend(%) | Cash Dividend(%) | Total Dividend(%) |
| 1 | 2076/2077 | 13.50 | 0.71 | 14.21 |
| 2 | 2075/2076 | 16.15 | 0.85 | 17.00 |
| 3 | 2074/2075 | 10.00 | 3.75 | 13.75 |
| 4 | 2073/2074 | 15.00 | 0.00 | 15.00 |
| 5 | 2072/2073 | 20.00 | 0.00 | 20.00 |
| 6 | 2071/2072 | 20.00 | 0.00 | 20.00 |
| 7 | 2070/2071 | 20.00 | 1.05 | 21.05 |
| 8 | 2069/2070 | 20.00 | 5.00 | 25.00 |
| 9 | 2068/2069 | 10.00 | 15.00 | 25.00 |
| 10 | 2067/2068 | 0.00 | 18.00 | 18.00 |
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया