.png)
सुनचाँदीको भाउ नेपाली बजारमा बिहीबार घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन तोलामा ५०० रुपैयाँ र चाँदी २५ रुपैयाँले घटेको हो ।
महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको भाउ तोलाको ९२ हजार ३०० रुपैयाँ, तेजावी सुनको भाउ ९१ हजार ८०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार २३५ रुपैयाँ कायम गरिएको छ ।
बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ८०० रुपैयाँ, तेजावी सुन ९२ हजार ३०० रुपैयाँ र चाँदी तोलाको १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतार चढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ८०४ डलर आसपासमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतिऔँस २२.६२ डलर आसपासमा कारोबार भइरहेको छ ।











प्रतिक्रिया