
नेपाल पुनर्बीमा कम्पनी (NRIC) को बिहीबार सम्पन्न छैटौं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको १९ प्रतिशत लाभांश अनुमोदन गरेको छ ।
कार्की ब्यांक्वेट बबरमहलमा बिहीबार सम्पन्न भएको साधारण सभाले आर्थिक वर्ष २०७६।७७ को मुनाफाबाट सेयरधनीलाई १६.५० प्रतिशत बोनस सेयर र कर सहित २.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । पुस १४ गते बुकक्लोज गरेकाले यस आधारमा उक्त लाभांश पुुस १३ गते मंगलबारसम्म कायम सेयरधनीले मात्र पाउनेछन् ।
सभाले संस्थागत लगानीकर्ताको तर्फबाट सञ्चालक समितिमा शिखर इन्सयोरेन्सको सीईओ दिप प्रकाश पाण्डे र एनएलजी इन्स्योरेन्सको सीईओ सुनिल बल्लभ पन्त निर्विरोध निर्वाचित भएका छन् ।
रि-इन्स्योरेन्सको छैटौं वार्षिक साधारण सभाले आव २०७६।७७ को वार्षिक प्रतिवेदन, आव २०७७।७८ को लागि लेखापरीक्षकको नियुक्ती तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया