सुनको भाउ ७०० ले घट्यो, सातामा ११ सयले सस्तियो

0
Shares

सुनचाँदीको भाउ शुक्रबार नेपाली बजारमा बिहीबारको तुलनामा ७०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ ७०० रुपैयाँले घटेर छापावाला सुनको भाउ तोलाको ९१ हजार ६०० रुपैयाँ तथा तेजावी सुनको भाउ ९१ हजार १०० रुपैयाँ तोकिएको छ ।

अघिल्लो साता गत शुक्रबार तोलामा ९२ हजार ७०० रहेको सुनको भाउमा यो साता मात्रै १ हजार १०० रुपेयाँले घटेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा भएको सुनको मूल्यको आएको गिरावटसँगै नेपाली बजारमा पनि सुनको भाउ निरन्तर ओरालो लाग्ने क्रममा रहेको छ ।

यस्तै आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भैरहेको छ ।

महासंघका अनुसार बिहीबार सुनको भाउ ५०० रुपैयाँले घटेर छापावाला सुन तोलाको ९२ हजार ३०० रुपैयाँ र तेजावी सुनको भाउ ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै हिजो चाँदीको भाउ प्रतितोला २५ रुपैयाँले घटेर १ हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतार चढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ७९१ डलर आसपासमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतिऔँस २२.१३ डलर आसपासमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ पुस २०७८, शुक्रबार  ११ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।