नेपाल बीमक संघको अध्यक्षमा सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री चयन भएका छन् ।
दुई आर्थिक वर्षको साधारण सभाले क्षेत्रीको अध्यक्षतामा नयाँ नेत्तृव चयन गरेको हो ।
संघको उपाध्यक्षमा सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विरेन्द्र बैदवार क्षेत्री, महासचिवमा नेको इन्स्योरेन्सका सीइओ अशोक कुमार खड्का र कोषाध्यक्षमा आइएमई जनरल इन्स्योरेन्सको सीईओ युगेशभक्त बादे श्रेष्ठलाई सर्वसम्मत रुपमा चयन गरेको छ ।
यसैगरी बीमक संघको सदस्यहरुमा प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सञ्चित ब्रजाचार्य, राष्ट्रिय बीमा कम्पनीका कामु सीईओ सुभाष कोइराला, अजोड इन्स्योरेन्सका कुमार बहादुर खत्री, ओरियन्टल इन्स्योरेन्सका बिनोद बालचन्द्र घाते र जनरल इन्स्योरेन्स कम्पनीका रामचन्द्र श्रेष्ठ चयन भएका छन् । संघका पदाधिकारीहरु सबै आपसी सहमतिमा निर्विरोध चयन भएका हुन् ।
नेपाल बीमक संघ निर्जीवन बीमा कम्पनीहरुको प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन हो ।
यसअघि अध्यक्ष रहेका शिखर इन्स्योरेन्सको सीईओ दीप प्रकाश श्रेष्ठको कार्यसमितिको म्याद समाप्त भएसँगगै नयाँ नेतृत्व चयन भएको हो । पाण्डे २०७५ चैत २१ गते सम्पन्न विशेष साधारण सभाबाट अध्यक्ष चयन भएका थिए । बीमा कम्पनीहरुको साझा संगठन नेपाल बीमक संघ फुटेर निर्जीवन बीमा कम्पनीहरु एकातिर संगठित भएपछि पाण्डे अध्यक्ष चयन भएका थिए ।












प्रतिक्रिया