तीन लघुवित्तको साधारण सभा आज सम्पन्न हुँदै

0
Shares

महुली लघुवित्त वित्तीय संस्था, विजय लघुवित्त वित्तीय संस्था र समीट लघुवित्त वित्तीय संस्थाले आज साधारण सभा सम्पन्न गर्दैछन् ।

महुली लघुवित्त वित्तीय संस्थाले कम्पनीको केन्द्रीय कार्यालय अग्नीसाइर कृष्णासवरण ६ महुली सप्तरीमा बिहान ११ बजे, विजय लघुवित्त वित्तीय संस्थाले गैडाकोट रिसोर्ट, गैडाकोट ५ नवलपारासी मा बिहान ११ः३० बजे नवौं वार्षिक साधारण सभा र समीट लघुवित्त वित्तीय संस्थाले आँवुखैरेनी रेष्टुरेण्ट एण्ड पार्टी ब्यालेस आँबुखैरेनी ३ तनहुँमा बिहान १० बजे १३ औं वार्षिक साधारण सभा बोलाएको छ ।

महुलीको सभा (MSLB) ले आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई २६ प्रतिशत बोनस सेयर वितरण गर्ने र प्रिमियममा एफपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १२ गते बुकक्लोज बुकक्लोज गरेको थियो । यस आधारमा पुस ११ गतेसम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

यसैगरी विजय (VLBS) को सभाले २०.०३१ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १.०५४ प्रतिशत नगद लाभांश गरि कुल २.०८५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्नेछ । लघुवित्त कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १२ गतेदेखि २४ गतेसम्म बुकक्लोज गरेको थियो । यस आधारमा पुस ११ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

यस्तै समीट लघुवित्त (SMFDB) को सभाले २५.२८५३१६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सजिलो लघुवित्त वित्तीय संस्था र समीट लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएपछि संस्थापक र सर्वसाधारण सेयर पूँजीको अनुपात मिलान गर्दा नपुग भएको सर्वसाधारणको तर्फबाट ७ लाख ५१ हजार ७१२ कित्ता एफपिओ निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १५ गतेदेखि २४ गतेसम्म बुकक्लोज बुकक्लोज गरेको थियो । यस आधारमा पुस १४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ पुस २०७८, शनिबार  ११ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।