महालक्ष्मीका ग्राहकलाई ईशान बाल तथा महिला अस्पतालमा छुट

0
Shares

महालक्ष्मी विकास बैंक लिमिटेड (MLBL) ले ग्राहकहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले ईशान बाल तथा महिला अस्पताल प्रा. लि. सँग सम्झौता गरेको छ ।

एक विशेष कार्यक्रमका बीच उक्त सम्झौता पत्रमा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक रामनंदन प्रसाद चौधरी र बैंकका तर्फबाट बसुन्धारा शाखाका प्रमुख विकास देवकोटाले हस्ताक्षर गरेका हुन् ।

ग्राहकहरुलाई सरल, सहज र गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको सम्झौता पश्चात बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङ मार्फत भुक्तानी गर्नुहुने ग्राहकहरुले ईशान बाल तथा महिला अस्पतालमा ओपिडी टिकट, ल्याब सेवा, भिडियो एक्स ̵ रे सेवा, इको, इसीजी र बेड भर्नामा आकर्षक छुट प्राप्त गर्ने कुरा बैंकले जनाएको छ ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने अभिप्रायका साथ यस बैकले विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्मि प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहर मार्फत करिब ६ लाख ग्रहकहरुलाई उच्चस्तरीय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ । बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले भिसा इएमभि चिप बेस्ड कार्ड, इ कमर्स कार्ड र डलर कार्ड जारी गरिसकेको छ ।

समग्रमा चिप बेस्ड ट्राभल कार्ड, इ कमर्स कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंकः महालक्ष्मी विकास बैंक रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ पुस २०७८, शनिबार  ११ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।