
चिलिमे जलविद्युत कम्पनी (CHCL) को शुक्रबार सम्पन्न २५ औं साधारण सभाले ९४ करोड २१ लख १० हजार ८८५ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव अनुमादन गरेको छ ।
कम्पनीको रजिष्टर्ड कार्यालय कपनमार्ग, महारगञ्ज काठमाडौंमा सम्पन्न भएको चिलिमेको २५ औं वार्षिक साधारण सभाले ७.५० प्रतिशत बोनस सेयर र ७.५० प्रतिशत नगद लाभांश कर सहित कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
साथै, सभाले आव २०७७।७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ भने आव २०७८।७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको हो ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १५ गते देखि २३ गतेसम्म बुकक्लोज गरेको थियो । बुकक्लोजका आधारमा पुस १४ गतेसम्म कायम सेयरधनीले मात्र उक्त लाभांश पाउनेछन् ।
हाल कम्पनीको चुक्ता पूँजी ६ अर्ब २८ करोड ७ लाख ३९ हजार २३२ रुपैयाँ छ । प्रस्तावित ४७ करोड १० लाख ५५ हजार ४४२ रुपैयाँ बोनस सेयर वितरणपछि ६ अर्ब ७५ करोड १७ लाख ९४ हजार ६७५ रुपैयाँ पुग्नेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया