
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था र माउन्टेन इनर्जी नेपाल लिमिटेडले आज साधारण सभा सम्पन्न गर्दैछन् ।
आइतबार निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले २३ औं वार्षिक साधारण सभा र माउन्टेन इनर्जी नेपालले आठौं वार्षिक साधारण सभा बोलाएका हुन् । निर्धन उत्थानले कम्पनीको केन्द्रीय कार्यालय नक्सालमा दिउँसो १ बजे र माउन्टेन इनर्जी नेपालले अम्रपाली ब्याक्वेटमा बिहान १० बजे सभा सुरु गर्ने जानकारी दिएका छन् ।
निर्धन उत्थानको सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुरुप २९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ । माउन्टेन इनर्जी नेपालले भने यो वर्ष सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले आव २०७७।७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने तथा आव २०७८।७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
साधारण सभा र लाभांश वितरणका लागि प्रयोजनको लागि निर्धन उत्थानले पुस १३ गतेदेखि २५ गतेसम्म बुकक्लोज गरेको थियो । बुकक्लोज अनुसार पुस १२ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम सेयरधनीले मात्रसाधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
माउन्टेन इनर्जी नेपालले साधारण सभा प्रयोजनको लागि पुस १२ गते बुकक्लोज थियो । बुकक्लोज अनुसार पुस ११ गतेसम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।










प्रतिक्रिया