आइतबार सुनचाँदीको मूल्य स्थीर

0
Shares

आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थीर रहेकों छ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुनचाँदीको मूल्य स्थीर रहेको हो ।

महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको भाउ तोलाको ९१ हजार ६०० रुपैयाँ तथा तेजावी सुनको भाउ ९१ हजार १०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार २२५ रुपैयाँ तोकिएको छ ।

शुक्रबार पनि सुनचाँदीको कारोबार सोही मूल्यमा भएको थियो । शुक्रबार नेपाली बजारमा बिहीबारको तुलनामा सुन ७०० रुपैयाँले घटेर कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।