इन्टेरियर डिजाइनको प्रयोग र विकासको लागि सरकारले सहयोग गर्छ: मन्त्री झाँक्री

0
Shares

सहरी विकासमन्त्री माननीय रामकुमारी झाँक्रीले इन्टेरियर डिजाइन क्षेत्रको प्रयोग र विकासको लागि सरकारले आवश्यक पाइलाहरु चाल्ने बताएकी छिन् ।

इन्टेरियर डिजाइनर्स एसोसीयसन अफ नेपाल (आइडिया नेपाल) को शनिबार सम्पन्न साधारण सभामा उनले सो बताएकी हुन् ।

लैनचौर ब्यान्केट काठमाण्डौंमा आयोजित कार्यक्रमका प्रमुख अतिथी मन्त्री झाँक्रीले इन्टेरियर डिजाइन क्षेत्रको प्रयोग र विकासको लागि सरकारले सहयोग गर्ने बताएकी हुन् ।

कार्यक्रमको सभापतित्व गरेका आइडिया नेपालका अध्यक्ष श्रीमती बिन्द्रा प्रधानले आइडिया नेपाल इन्टेरियर डिजाइनको उत्थान र प्रगतिको निम्ति लागिपर्ने र इन्टेरियर डिजाइन प्रत्यक्ष अप्रत्यक्ष रुपमा व्यवस्थित बसोबास, जनताको जीवनशैली, सामाजिक सभ्यता र कुनै पनि कार्यालय वा कार्यक्षेत्रको प्रडक्टीभिटीसँग सम्बन्धित विषयवस्तु भएको हुनाले सरकारले पनि नीति नियम बनाउँदा इन्टेरियर डिजाइन सम्बन्धि बिषय वस्तु पनि समग्रमा समावेश गर्न आग्रह गरिन् ।

कार्यक्रममा नेपाली आर्किटेक्ट क्षेत्रमा सराहनीय कार्य र योगदानको लागि रविन्द्र पुरीलाई विशेष सम्मान र आइडिया नेपालको मानार्थ सदस्यता पनि प्रदान गरिएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ पुस २०७८, आइतबार  १४ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।