पुसको अन्तिम साता सुरु भैसकेको छ । सरकारी खातामा कर बुझाउनुपर्ने भएकाले यो समय ठूलै रकम सरकारी खातामा जम्मा हुने गर्दछ । तर पछिल्लो सयम ती सबै अवस्थाहरुभन्दा माथि सेयर बजार उठेको छ ।
आइतबार नेप्से परिसूचक पौने ३ प्रतिशतले बढेको छ । गत साता साता १६७.९७ अंकले बढेको बजारमा आइतबार थप ७३.०१ अंकले बढेर २७६५.४७ बिन्दुमा पुगेको हो । अघिल्लो हप्ता ६.६५ प्रतिशतले बढेको नेप्सेमा साताको पहिलो कारोबार दिन आइतबार २.७१ प्रतिशतको बढोत्तरी भएपछि सेयर बजारमा सकारात्मक माहोल सिर्जना भएको हो ।
अर्कोतिर बैंकिङ प्रणालीमा निक्षेप बढ्दा समेत त्यसको सकारात्मक असर सेयर बजारमा परेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पुस २२ गतेसम्म बैंक तथा वित्तीय संस्थाको औषत कर्जा निक्षेप अनुपात घटेर ८९.३६ प्रतिशतमा झरेको छ । पुस २१ गतेसम्म औसत सीडी रेसियो ८९.६४ प्रतिशत थियो। यस्तै पुस २१ गते ४.८५ प्रतिशत रहेको अन्तरबैंक ब्याजदर पुस २२ मा घटेर ३.८९ प्रतिशतमा झरेको छ।
पुस २१ गतेको तुलनामा २२ गते एकैदिन वाणिज्य बैंकहरुमा १४ अर्ब रुपैयाँ निक्षेप थपिसँगै वाणिज्य बैंकको कुल निक्षेप ४३ खर्ब रुपैयाँ पुगेको छ। समग्र बैंक तथा वित्तीय संस्थाको निक्षेप पनि ४८ खर्ब ५५ अर्बबाट बढेर ४८ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप पुगेको छ ।
यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी भने २ अर्ब रुपैयाँमात्र बढेर ४६ खर्ब २३ अर्ब रुपैयाँ छ। वाणिज्य बैंकहरु कुल कर्जा लगानी पनि २ अर्बले बढेर ४१ खर्ब ४ अर्ब रुपैयाँ पुगेको छ।
सूचक बढेसँगै कारोबार रकममा समेत उच्च बढोत्तरी भएको छ । गत बिहीबार रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आइतबार नेप्से उच्च अंकले बढेपछि कारोबार रकम समेच झण्डै दोब्बर (९३.४६) प्रतिशतले बढेपछि सेयर बजारका लगानीकर्ता उत्साहित बनेका हुन् ।
लगानीकर्ताको उत्साहले कारोबार रकममा पनि उछाल आएको छ । गत बिहीबार ३ अर्ब ६७ करोड ६८ लाखको सेयर खरीद बिक्री भएकोमा आइतबार कारोबार रकम ७ अर्ब १० करोड १८ लाख ३१ ह्जार ५९१ रुपैयाँको सेयर कारोबारमा आएको छ । यसदिन २३९ कम्पनी १ करोड ५० लाख ५८ हजार ६२१ कित्ता सेयर ८२ हजार ११३ वटा संख्यामा खरीद बिक्री भएका छन् ।
नेप्से बढेर २७६५.४७ बिन्दुमा पुग्ददा ठूला कम्पनीको सूचकमापक सेन्सेटिभ इन्डेक्स पनि १३.२१ अंकले बढेर ५१९.३७ बिन्दुमा पुगेको छ ।
आज कारोबारमा आएका सबै उपसमुहगत सूचकमा हरियाली छाएको छ । ब्यापार सूचक सर्वाधिक ६.०४ प्रतिशतले बढ्दा विकास बैंक ५.४९, फाइनान्स ५.१६, लगानी ४.१४ र निर्जीवन बीमा तथा अन्यको सूचक ३३ प्रतिशत धेरैले बढेको छ । होटल सूचक सबैभन्दा कम ०.१६ प्रतिशत बढेको छ ।

अपि पावर कम्पनी आइतबार कारोबारमा अब्बल साबित भएको छ । अपिको २९ करोड २२ हजार रूपैयाँ बराबरको ५ लाख ७० हजार ४९९ कित्ता सेयर कारोबार भएको छ । यस्तै प्रभु बैंक २०.८६ करोड, अपर तामाकोशी २०.१५ करोड, शिवम् सिमेन्टस् १९.४० करोड, अरुण भ्याली १८.७५ करोड, नेशनल हाइड्रो १६.९९ करोड, एचआईडिसिएल १५.६६ करोड, गोर्खाज फाइनान्स १५.६४ करोड, नबिल बैंक १४.१४ करोड र दशौं ठूलो कारोबार भएको एनआईसी एशिया बैंकका १३.९९ करोडको सेयर कारोबार भयो ।
यसदिन हिमालयन उर्जा विकास कम्पनी र नेपाल हाइड्रो डेभलपर्स कम्पनी लिमिटेड गरी २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै युनियन हाइड्रोपावरको सेयरमूल्य ९.९८ प्रतिशत, मध्य भोटेकोशी जलविद्युत कम्पनी ९.९७ प्रतिशत, न्यादी हाइड्रोपावर ९.४१, प्रोगेशिभ फाइनान्सको ९.३३, आईसिएफसी फाइनान्स ९.२८, एचआईडिसीएल ९.२७, कर्पोरेट डेभलपमेन्ट बैंक ९.१८ र माउन्टेन हाइड्रो नेपालको सेयरमूल्य ८.६० प्रतिशतले बढेको छ ।
उता यस दिन १० प्रतिशत नेपाल एसबिआई बैंक डिबेञ्चर २०८६ को मूल्य सबैभन्दा धेरै १.४२ प्रतिशत घटेको छ । मिथिला लघुवित्त, सानिमा लार्ज क्याप फण्ड, र एनआईबिएल प्रगति फण्डको इकाईमूल्य १ प्रतिशतभन्दा धेरैले घटेको छ ।











प्रतिक्रिया