ओमिक्रोनको जोखिम बढेपछि बैंकिङ सेवा प्रदान गर्दा स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न निर्देशन


नेपाल राष्ट्र बैंकले कोरोनाको तेस्रो लहरको जोखिम बढेपछि बैंक वित्तत्रीय संस्थालाई स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले बैंकिङ निरन्तर जारी राख्ने क्रममा हुन सक्ने जोखिम न्यूनीकरणका लागि बैंक वित्तीय संस्थालाई चनाखो हुन सुझाएको हो ।

राष्ट्र बैंकले बैंक वित्तीय संस्थाले सेवा प्रदान गर्दा नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षासम्बन्धी मपदण्डको पुर्ण पालना गर्न भनेको हो । वित्तीय सेवा प्रबाहमा प्रत्यक्ष सम्पर्कमा रहने बैंक वित्तीय संस्थाका जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिमलाइ न्यूनीकरण गर्न आवश्यक उपायहरु अबलम्बन राष्ट्र बैंकले सुझाएको छ।

राष्ट्र बैंकले सेवाग्राहीबमे भिभाड नहुने तथा भौतिक दूरी कायम हुने व्इवस्था मिलाइ सेवा प्रबाह गर्ने भनेको छ । त्यसैगरी बैंक तथा वित्तयि संस्थाद्धारा सञ्चालित एटिएम बुथहरुबाट हुन सक्ने संत्रक्रमण जोखिम न्यूनीकरण गर्न ढोका खुला राखी स्यानिटाइजर लगायतका समाग्रीको व्यवस्था समेत गर्न राष्ट्र बैंकले सुझाव दिएको छ । कन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाबाट सञ्चालन गरिने बैठक, गोष्ठी सेमिनार, तालिम जस्ता कार्याक्रमहरुमा भौतिक दूरी सुनिश्चित गर्ने वा यस्ता कार्याक्रम सकभर भर्चुअल माध्यमबाट गर्न निर्देशन दिएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।