प्रोग्रेशिभ फाइनान्स लिमिटेड (PROFL) ले पुस ३० गते आह्वान गरेको साधारण सभा स्थगित गरेको छ ।
अर्को सूचना प्रकाशित नभएसम्मका लागि साधारण सभा स्थगित भएको कम्पनीले जनाएको छ ।
कम्पनीको पुस २६ गते सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त वित्तीय विवरणमा कर सम्बन्धी प्रावधानमा केही फेरबदलका कारण कर प्रयोजन पछिको खुद नाफामा परिवर्तन हुनसक्ने अवस्था सृजना भएको भन्दै साधारण सभा स्थगित भएको जनाएको छ ।
यस्तै फाइनान्सले बढ्दो कोभिड १९ को महामारीका कारण पनि साधारण सभा स्थगित हुनुको कारण औंल्याएको छ ।
यस अघि फाइनान्स कम्पनीले साधारण सभा पुस ३० गते शुक्रबार सभा आह्वान गरेको थियो । साधारण सभा प्रयोजनका लागि गरिएको सेयर दाखिल खारेज (बुकक्लोज) मिति भने साबिककै (पुस १९ गते) कायम गरिएको जनाएको छ । यसअनुसार फाइनान्सको ७ प्रतिशत बोनस सेयर पुस १८ गते आइतबारसम्म कायम सेयरधनीले मात्र पाउनेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया