कोभिड-१९ को नयाँ भेरियन्ट संक्रमण बढेसँगै विभिन्न क्षेत्र तथा सरोकारवालाले सुरक्षा अपनाउन आग्रह गर्न थालेका छन् ।
सरकारले केही दिन अघि सार्वजनिक स्थानमा २५ जना भन्दा बढी मानिस भेला हुन नपाउने निर्णय भएसँगै त्रिभुवन अन्तरािष्ट्रय विमानस्थलको आवत जावतमा पनि सर्तकता अपनाउन लागिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्यन कार्यालयले कोभिड १९ को जोखिम बढ्दै गएको काराण विमानस्थलमा भीडभाड नगर्न अनुरोध गरेको छ ।
विमानस्थलले कोभिड संक्रमणको दर बढेसँगै अति आवश्यक बाहेक स्वागत तथा विदाइका लागि मात्रै विमानस्थल नआउन एक सूचना जारी गर्दै आग्रह गरेको हो ।
कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन छिमेकी मुलुकहरुमा तीब्र रुपममा फैलिरहेको सन्दर्भ तथा यसको प्रभाव नेपालमा पनि देखिइरहेको अवस्थालाई दृष्टिगत गरी ओमिक्रोनबाट बच्न तथा बचाउन भीडभाड नगर्न आग्रह गरेको हो ।
साथै नागरिक उड्यन कार्यालयले हवाइमा यात्रा गर्दा अपनाउनुपर्ने सम्पूर्ण स्वास्थ्य मापदण्ड पालना गरेर मात्र हवाइ सेवा सुचारु गर्न तथा गराउन आग्रह गरेको छ ।
यसका साथै कोभिड-१९ को जोखिमलाई मध्यनजर गर्दै विमानस्थल कार्यालयबाट अति नै जरुरी अवस्थामा बाहेक “भि पास” उपलब्ध नगराइने बताइएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया