एनएमबि बैंक लिमिटेड (NMB) ले मंगलबारदेखि संस्थापक तर्फको १ लाख ४९ हजार ६९३ कित्ता संस्थापक सेयर आज मंगलबार देखि बिक्रीमा ल्याएको छ ।
बैंकले विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी उक्त सेयर बिक्रीमा ल्याएको हो । बैंकले प्रतिकित्ता २२० रुपैयाँ तोकेर सो सेयर बिक्रीमा ल्याएको हो ।
बैंकले ३५ दिनभित्र सूचना जारी गरेको बैंकले तोकिएको अवधिभित्र इच्छुक विद्यमान संस्थापकहरुले बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा आफुले सेयर खरीद गर्ने सेयर कित्ता र प्रतिकित्ता रकम खुलाई निवेदन दिनुपर्ने छ ।
तोकिएको मितिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट उक्त सेयर खरीदका लागि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाहरुलाई बिक्री गरिने बैंकले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया