
पञ्चकन्या माई हाईड्रोपावर लिमिटेड (PMHPL) ले भर्चुअल माध्यमबाट तीन आर्थिक वर्षको संयुक्त साधारण सभा गर्ने भएको छ ।
कम्पनीले पुस २८ गतको लागि बोलाएको विगत तीन आर्थिक वर्षको सभा कोरोना संक्रमण बढेसँगै जुम प्रविधिमार्फत गर्ने भएको हो ।
कम्पनीले सूचना जारी गर्दै कोभिडको संक्रमण बढीरहेको अवस्थामा भौतिक उपस्थिति जोखिम भएकाले भर्चुअल माध्यबाट सभा गर्ने जानकारी गराएको छ ।
सम्बन्धित शेयरधनीहरुलाई सोही बमोजिम उपस्थितिको लागि व्यवस्था मिलाईने जानकारी समेत कम्पनीले दिएको छ । कम्पनीको पुस ५ गतेको सञ्चालक समितिको बैठकले कुपण्डोल ब्यांक्वेट, कुपण्डोल, ललितपुरमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको थियो ।
सभाले आर्थिक वर्ष २०७५।७६, २०७६।७७ र २०७७।७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरुलाई पारित गर्नेछ । चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि सभाले टुङ्ग्याउनेछ ।
साथै, संस्थापक समूहबाट चार जना सञ्चालक निर्वाचन वा मनोनयन गर्ने विषय पनि सभाका लागि तय भएको छ । सभा प्रयोजनका लागि कम्पनीले पुस २० गते बुकक्लोज गरेको छ । बुक क्लोजको आधारमा पुस १९ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम सेयरधनीहरु मात्र सभामा भाग लिन पाउनेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया