भर्चुअल माध्यमबाट वार्षिक साधारण सभा आह्वान गर्दै ६ कम्पनी


काठमाण्डौं लगायत विभिन्न जिल्लाहरुमा कोरोनाको लहर बढ्दै गए पछि विभिन्न कम्पनीहरुले आफ्नो वार्षिक साधारण सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने भएका छन्  ।

कोभिड माहामारी बढ्दै गएपछि केही दिन अघि सरकारले २५ जना भन्दा बढीको उपस्थिति हुने सभा, गोष्ठी तथा सबै सार्वजनिक कार्यक्रमहरु बन्द गराए सँगै सभा भर्चुअल माध्यमबाट सञ्चालन गर्न लागिएको हो ।

बुधबार एक सूचना जारी गर्दै विभिन्न ६ कम्पनीले भौतिक उपस्थितिमा भनिएको सभा भर्चुअल माध्यमबाट सञ्चालन गर्ने जानकारी दिएका छन् । जसमा मैलुङ खोला जलविद्युत कम्पनी, सानिमा जनरल इन्स्योरेन्स, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट, हिमालयपावर पार्टनर, गुडविल फाइनान्स र सिभिल बैंक रहेका छन् ।

गुडविल फाइनान्स र एनआरएन इन्फ्रास्टक्चरले पुस २९ गतेका लागि सभा आह्वान गरेका छन् भने बाँकी अन्यले पुस ३० गतेका लागि सभा आह्वान गरेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।