ओमिक्रोनको त्रासले नाफा बुक गर्दै लगानीकर्ता, ३० अंकले घट्यो नेप्से


कोरोना भाइसरको तेस्रो लहरको संक्रमण बढेसंगै त्यसको नकारात्मक असर सेयर बजारमा पनि देखिएको छ । संक्रमण दर बढेसंगै सरकारले लकडाउन लगाउन सक्ने अनुमान गर्दै सेयर लगानीकर्ताले नाफा बुक गर्ने क्रम बढेपछि बजार सूचक साढे ३० अंकले घटेको हो ।

बुधबार नेपाल स्टक एक्सचेन्ज(नेप्से)परिसूचक ३०.५१ प्रतिशतले घटेर २८०३.६२ बिन्दुमा झरेको छ । यो साता नेप्से सूचक आइतबार ७३ अंकले, सोमबार १९, मंगलबार ४९ गरि कुल १४१ अंकले बढेको थियो । केही लगानीकर्ताले भने यो साताको सुरुवाती देखि सुधारको गतिमा रहेको नेप्से सूचकमा बुधबार आएको गिरावटलाई करेक्सनको रुपम पनि लिएका छन् ।

पछिल्लो समय सरकारले स्थानीय तहका बैंक खातामा रहेको सरकारी पैसालाइ बैंकहरुले ८० प्रतिशतसम्म निक्षेप गणना गर्ने व्यवस्था गरेपछि तरलता समस्या कही सहज भएसंगै बजारमा सुधार आएको थियो । त्यसका साथै पछिल्लो समयमा वित्तीय प्रणालीमा थपिएको निक्षेपले पनि बजार बढ्नमा केही मद्दत गरेको थियो । तर, कोरोनाको तेस्रो लहरको संक्रमण दर बढेसंगै आगामी दिनमा लकडाउन नै हुन सक्ने भएपनि लगानीकर्ताले बजारबाट पैसा झिकेको पनि हुनसक्ने अनुमान विश्लेषकहरुको छ ।

तरलता अभावका कारण वित्तीय प्रणालीको ब्याजदर बढेसैगै घट्दो क्रममा रहेको सेयर बजारमा पछिल्ला दिनहरुमा सुधार आएको थियो । तर, ओमिक्रमनको त्रास फैलिएसंगै लगानीकर्ताको मनोबल कमजोर भएको देखिन्छ ।

बुधबार कारोबार सुरु हुँदा सुधारको गतिमा देखिएको सेयर बजार सूचक कारोबारको मध्य समयसम्ममा करिब ४० अंकसम्मले बढेको थियो । त्यसपछि घट्न थालेको नेप्से सूचक बन्द हुँदासम्म ३० अंक भन्दा धेरैले घटेको हो । बुधबार नेप्सेमा कारोबार भएका ठुला कम्पनीहरुको सेयर मूल्यमा गिरावट आएपछि सेन्सेटिभ इन्डक्स पनि ७.०४ अंकले घटेर ५२१.८३ बिन्दुमापुगेको छ ।

बुधबार २२९ वटा कम्पनीको ९० हजार ५ सय ९० हजार कारोबारबाट ८ अर्ब ३ करोड ३२ लाख १२ हजार ७४४ रुपैयाँ बरावरको करोड ६१ लाख ४७ हजार ३९० कित्ता सेयर खरिद बिक्री भएको छ । बुधबार नेप्से सूचक घटेको भएपनि कारोबार रकममा भने सुधार आएको हो । मंगलबार नेप्सेमा ६ अर्ब ७२ करोड रुपैयाँ बरावरको मात्र कारोबार भएको थियो ।

बुधबार बजारमा सबैभन्दा धेरै बीमाकम्पनीका लगानीकर्ता घाटा बेहोर्नु परेको छ । नेप्सेमा कारोबार भएका अधिकांस निर्जिवन बीमाकम्पनीको  शेयर मूल्य घटेपनि निर्जिवन बीमा समहुको सूचक २६६.४५ अंकले घटेको छ । त्यसैगरी जीवन बीमा १८९.०२, विकास बैैंक १२२.५४, होटल एण्ड टुरिजम ७८.०३, माइक्रोफाइनान्स ६१.५६ र फाइनान्स ५७.७६ अंकले घटेका छन् । 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।