मंसिरमा ७६.५ अर्ब रेमिट्यान्स भित्रियो, कात्तिकको तुलनमा साढे ३ अर्ब बढ्यो


चालु आर्थिक वर्षको पाँच महिना अर्थात मंसिर ७६ अर्ब ५८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो रकम चालु आकको कात्तिक महिनाको तुलनामा ३ अर्ब ५८ करोड रुपैयाँले धेरै हो । कात्तिक महिनामा मात्र ७३ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो ।

चालु आर्थिक वर्षको मंसिरसम्ममा ३८८ अर्ब ५८ करोड रुपैयाँ रेमिट्यान्स आएको छ । यो रकम गत आवको सोही अवधिको ६.८ प्रतिशतले थोरै हो । गत आवको मंसिरसम्ममा कुल ४१६ अर्ब ८१ करोड रुपौयँ रेमिट्यान्स भित्रिएको थियो । गत आवको सोही अवधिमा भने विप्रेषण आप्रवाह ११.० प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले कमी आई ३ अर्ब २६ करोड पुगेको छ । गत आवमा यस्तो आप्रवाह ६.४ प्रतिशतले बढेको थियो ।

चालु आवको मंसिरसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या वृद्धि भई १ लाख ३१ हजार ८२ पुगेको छ । गत आवको सोही अवधिमा यस्तो संख्या ९२.७ प्रतिशतले घटेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २९५.८ प्रतिशतले वृद्धि भई ९९,५८० पुगेको छ । गत आवको सोही अवधिमा यस्तो संख्या ७७.३ प्रतिशतले घटेको थियो ।

चालु आवको मंसिरसम्ममा खुद ट्रान्सफर ५.७ प्रतिशतले कमी आई ४३३ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा यस्तो ट्रान्सफर ८.५ प्रतिशतले बढेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।