जर्मन कार निर्माता कम्पनी भल्सवागनले सन् २०२१ मा १० वर्ष यताकै कम कारहरु बिक्री गरेको छ ।
विलासी कार निर्माता भल्सवागनले विश्वव्यापी रुपमा भएको चिप आपुर्तिको समस्याका कारण उत्पादनमा कम हुन गई बिक्री कम भएको जानकारी दिएको छ ।
सन् २०१६ देखि २०१९ सम्म भल्सवागन विश्वकै शीर्ष कार बिक्रेता रहेको थियो। तर सन् २०२० मा कोरोना भाइरसको आगमन भएसँगै चिपको उत्पादनमा क्रमिक रुपमा कमी आएको थियो । यसै कारण धेरै कार निर्माता कम्पनीहरुको उत्पादन र बिक्रीमा कोरोना आउनु अघिका वर्षमा भन्दा कमी आएको छ ।
भल्सवागनको सन् २०२१ को बिक्री सङ्ख्या ८.९ मिलियन भएको छ । यो सङ्ख्या अरु वर्षको तुलनामा निकै कम हो । चिप आपूर्तिको समस्यालाई सम्बोधन गर्न नसक्नु कार निर्माता कम्पनीहरुको मुख्य कमजोरी सावित भएको छ ।
यसअघि चिप अभावको समस्यालाई सम्बोधन गर्न नसक्दा हुन्न्डाइको पनि बिक्री दरमा कमी आएको थियो । तर चिपको समस्यालाई समाधान गर्न सफल भएका कम्पनी जस्तै बीएमडब्लु, टेस्लाले भने आफ्नो उत्पादन र बिक्रीलाई सन्तुलनमा राख्न सफल भएका छन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया