नेपाल राष्ट्र बैंकले आजबाट नेपाली बजारमा दुई रुपैयाँ दरका ४ करोड थान सिक्का प्रचलनमा ल्याएको छ ।
नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार आजबाट चलनचल्तीमा ल्याइएको २ रुपैयाँको नयाँ सिक्काको अग्रभागमा सात प्रदेशको सिमाना सहित नेपालको नयाँ नक्सा अंकित (चुच्चे नक्सा) सहित लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भूभाग समेटिएको छ ।
उक्त सिक्का साविककै आकारको सुनौलो रङमा टकमरी गरिएको छ । माथिल्लो भागमा देवनागरी लिपिमा नेपाल र तल्लो भागमा २०७७ लेखिएको ८ करोड रुपैयाँ बराबरको दुई रुपैयाँ दरको सिक्का चलनचल्तीमा ल्याएको हो ।
सिक्काको वरिपरि साविककै वृत्ताकार घेराभित्र चौसठ्ठी वटा थोप्लाहरु रहेका छन् । नक्साको ठीक माथिपट्टि दायाँतर्फ फरक क्षमता भएका दृष्टिविहीनहरुले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने दुईवटा थोप्ला रहेको विभागले जनाएको छ ।
सिक्काको माथिल्लो भागमा अंग्रेजीमा च्क। त्धय र तल्लो भागमा देवनागरी लिपीमा २ रुपैयाँ लेखिएको छ । सिक्काको पृष्ठभागमा पनि वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्लाहरु रहेका छन् । आठ थोप्ला सहितको वृत्ताकार चित्र र सोभित्र वर्गाकार आकृतिको बाहिरपट्टि वरिपरि चन्द्र, सूर्य, चक्र, शंख, पद्म, गदाको आकृति रहेका छन् । सिक्काको बीच भागमा जानकी मन्दिरको आकृति र सो आकृतिको मुनि देवनागरी लिपिमा जानकारी मन्दिर लेखिएको छ ।
राष्ट्र बैंकले केही अघि बेलायतबाट दुई रुपैयाँ दरको ८ करोड रुपैयाँ बराबरको ४ करोड थान सिक्का नेपाल ल्याएको थियो । सो सिक्का आजबाट प्रचलनका लागि खुला गरिएको नेपाल राष्ट्र बैंक अन्र्तगत मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवती प्रसाद नेपालले नोटबजारलाई जानकारी दिए ।
पन्ध्र दिनपछि एक रुपैयाँको ९ करोड थान आउँदै
नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवती प्रसाद नेपालले अबको १५ दिन पछि एक रुपैयाँ दरकको ९ करोड थान सिक्का पनि आइपुग्ने बताए ।
उनका अनुसार एक रुपैयाँ अंकित दरका सिक्का नेपालमा आउनासाथ प्रचलनमा ल्याइनेछ । उक्त एक रुपैयाँ दरको सिक्का पोल्याण्डबाट भारतसम्म आइपुगेको छ । खुद्रा पैसाको अभाव हुन थालेपछि केन्द्रीय बैंकले बाह्र वर्षपछि नयाँ सिक्का बजारमा ल्याएको हो ।
बैंकले यस पटक एक रुपैयाँ दरका ३० करोड थान र दुई रुपैयाँ दरका २० करोड रुपैयाँ बराबरको १० करोड थान सिक्का छापेको हो । ति सिक्काहरु चरणवद्ध रुपमा ल्याइने विभागका प्रमुख नेपालले जानकारी दिए । बजारमा सिक्काको अभाव देखिन थालेपछि ४ वर्ष समय अवधिका लागि उक्त सिक्का बजारमा ल्याउने तयारी गरिएको हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया