
सेञ्चुरी कमर्सियल बैंक लिमिटेड (CCBL) को एघारौं वार्षिक साधारण सभाले प्रस्तावित चुक्ता पूँजीको ६.०५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव परित गरेको छ ।
बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा भौतिक उपस्थिति एवं अनलाइन (जुम) मार्फत पुस ३० गते शुक्रबार सम्पन्न भएको सभाले उक्त लाभांश अनुमोदन गरेको हो ।
सभाले २०७८ असार मसान्तमा कायम चुक्ता पूँजी ९ अर्ब ०३ करोड ४४ लाख २९ हजार ५०२ रुपैयाँ ५० पैसामा ५.७५ प्रतिशतले हुन आउने रकम ५१ करोड ९४ लाख ७९ हजार ६९६ रुपैयाँ ३९ पैसा बराबरको बोनस र कर प्रयोजनको लागि चुक्ता पूँजीको ०.३० प्रतिशतले हुन आउने रकम २करोड ७३ लाख ४१ हजार ३६ रुपैयाँ ६५ पैसा बराबरको नगद लाभाशं वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साधारण सभाले बोनस पारित गरेसँगै सेञ्चुरीको चुक्ता पूँजी ९ अर्ब ५५ करोड ३९ लाख ९ हजार २०० रुपैयाँ पुगेको छ । साथै सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७÷७८ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाड लगायतका प्रतिवेदन पारित गरेको छ ।
यस्तै साधारण सभाबाट बैंकको संस्थापक समूहमा हाल रहेको ५३.४१ प्रतिशत शेयर संरचनालाई ५१ प्रतिशत हुने गरी सेयरधनीहको शेयर संरचना परिवर्तन गर्ने सञ्चालक समितिको निर्णय अनुमोदन गरेको छ ।
आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म आफ्ना १२६ शाखा १० एक्सटेन्सन काउन्टर, २५ शाखा रहित बैंकिङ्ग र १०८ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया