नेपाल उद्योग वाणिज्य महासंघले बतास अर्गनाइजेसनको पक्षमा धारण सार्वजनिक गरेको छ ।
पछिल्लो समय नारायणहिटी संग्रहालयमा क्यार्फटेरिया सञ्चालन सम्बन्धी विवादमा बतास अर्गनाइजेसनमाथि भइरहेको एकतर्फी प्रहारप्रति महासंघले शुक्रबार एक विज्ञप्ती जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेको हो ।
महासंघले मुलुकको अर्थतन्त्रमा ७० प्रतिशत भन्दा बढि हिस्सा राख्ने निजी क्षेत्रमाथि एकतर्फी रुपमा भइरहेको चरित्र हत्या र मानमर्दनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । एकतर्फीरुपमा विना कुनै प्रमाण कहि कतैबाट पनि प्रहार नगर्न नगराउन महासंघ सम्बन्धित सबैको ध्यानाकर्षण समेत गराएको छ ।
महासंघले भनेको छ,‘ बतास अर्गनाइजेसनले सरकारले आह्वान गरेको टेन्डरमा कानूनी रुपमा सहभागि भई आवश्यक भाडा बुझाउने सर्तमा क्याप्mटेरिया सञ्चालनको अनुमति पाएको हो । सरकारी निकायले अनुमति दिएकोमा स्वभाविक रूपमा निजी क्षेत्रले व्यवसाय गर्न खोज्नु कुनै गैर कानुनी र आपराधिक गतिविधि नभएकोतर्पm महासंघ सबैको ध्यानाकर्षण गराउन चाहन्छ ।’
प्रक्रिया र कानूनविपरित भएका गतिविधिमाथि राज्यले अंकुश लगाउने र कारवाही गर्ने कुरालाई महासंघले कहिल्यै पनि अन्यथा नलिने तर त्यसको सत्यतथ्य खोजी हुनुुपर्ने महास्.घको मान्यता रहेको उल्लेख छ । सञ्चारमाध्यममा आएका समाचारकै भरमा, स्पष्टिकरणको मौका समेत नदिई निर्माणाधीन संरचना भत्काइनु कदापी न्याय संगत नभएको उसको ठहर छ ।
सरकारी स्रोतमा व्यवसाय गर्न अनुमति दिइसकेको सन्दर्भमा एकतर्फी रुपमा व्यवसायीलाई मात्र दोष दिएर निजी क्षेत्रको मनोबल गिराउन भइरहेका गतिविधिले मुलुकमा लगानी नहुने र यसले रोजगारीमा समेत गम्भीर असर पर्न जाने हाम्रो चिन्ता छ ।
महासंघ मर्यादित र विधिसम्मत व्यवसायको पक्षधर रहेको बताउँदै विधिसम्मत पेशा व्यवसाय गर्न पाउने आम नागरिकको संवैधानिक अधिकारमाथि प्रहार हुन नहुने उसको धारणा छ ।
महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठ कहिँ कतै व्यवसायीले काम गर्दा गलत अभ्यास भएको भए, संविधान, कानुनी प्रक्रिया, अदालत र छानबिन आयोग बनाउने विधि अपनाउन सकिने बताउँछन् । निजी क्षेत्र भनेको देशको अर्थतन्त्रको मेरूदण्ड भएको उल्लेख गर्दै उनले कानुनले दिएका बाटो र पद्धती बाहिरबाट निजी क्षेत्रको लगानीलाई आरोपित र तरङ्गित बनाउन खोज्नु गलत रहेको बताए ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया