
सुनको मूल्य आइतबार नेपाली बजारमा सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो ।
आइतबारका लागि छापावाला सुनको मूल्य तोलाको ९२ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य ९१ हजार ९०० रुपैयाँ कायम गरिएको छ ।
गत शुक्रबार छापावाला सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँ र तेजावी सुन ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज नेपाली बजारमा सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १ हजार २५० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी तोलाको १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतार चढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ८१७ डलर आसपासमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतिऔँस २२.९६ डलर आसपासमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया