बुद्धभुमी नेपाल हाइड्रोपावरको लिमिटेडको साधारण सेयर साढे तीन महिनापछि नेप्सेमा सूचीकृत भएको छ ।
कम्पनीले असोज ११ देखि १४ गतेसम्म सर्वसाधारणमा जारी गरेको उक्त सेयर माघ २ गते सूचीकृत भएको नेप्सेले जनाएको छ ।
स्टक एक्सचेञ्जका अनुसार कम्पनीको सर्वसाधारणमा जारी भएको ८ लाख तथा स्थानीयलाई जारी भएको ४ लाख र र कम्पनीका संस्थापकहरुले लगानी गरेको २८ लाख सहित कुल ४० लाख कित्ता सेयर आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको हो ।
आइतबार सूचीकृत भएसँगै कम्पनीले उक्त सेयर सोमबारदेखि धितोपत्रको दोश्रो बजारमा कारोबारमा आउनेछ । नेप्सेमा धितोपत्र सूचीकृत भएको दोस्रो कारोबार दिनदिने उत्तः सेयर खरीद बिक्रीका लागि योग्य हुने गर्दछ ।
दोस्रो बजारमा कारोबारका लागि नेप्सेले बिएनएचसी कारोबार सिम्बोल दिएको छ । भोलिदेखि यहि कारोबार संकेतमा नेप्सेमा हाइड्रोपावरको सेयर कारोबार खुल्नेछ ।
बुद्धभुमीले सर्वसाधारणमा बिक्री गरेको प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर असोज ११ देखि १४ सम्म आवेदन माग गरि सोज २२ गते, शुक्रबार गोलाप्रथाद्वारा बाँडफाँड गरेको थियो । कुल २० लाख ३० हजार ९५५ आवेदकमध्ये ७४ हजार ४०० आवेदकले १० कित्ताको दरले सेयर हात पारेका थिए ।
अधिकतम २५२ रुपैयाँसम्म कारोबार खुल्ने
कम्पनीको धितोपत्रको दोस्रो बजारमा प्रतिकित्ता २५२ रुपैयाँसम्ममा कारोबार खुल्नेछ ।
पछिल्लो परिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ ८४.०५ रूपैयाँ रहेको छ । यस आधारमा कम्पनीको दोस्रो बजारमा कारोबारका लागि नेप्सेले ८४.०५ रूपैयाँदेखि अधिकतम २५२.१५ रुपैयाँसम्म ओपनिङ रेञ्ज प्रदान गरेको छ ।
नेप्सले पहिलो पटक सेयर कारोबारका लागि परिष्कृत वित्तीय विवरणमा कायम प्रतिसेयर नेटवर्थलाई न्यूनतम र त्यसको तीन गुणासम्म अधितम ओपनिङ्ग कारोबार रेञ्ज तोक्ने गरेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया